सभापति कप फुटबलमा संकटा क्लब फाइनलमा प्रवेश
काठमाण्डौं / १४ माघ,नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा जारी सभापति कप फुटबलमा संकटा कल्ब फाइनलमा प्रवेश गरेको छ।
संकटाले मछिन्द्रलाई सडन डेथमा पराजित गर्दै सभापति कपको फाइनल यात्रा तय गरेको हो। सोमबार दशरथ रंगशालामा भएको खेलको टाइब्रेकरमा संकटा ८–७ को रोमाञ्चक जित निकाल्न सफल भयो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो। संकटाका कप्तान तथा गोलरक्षक दीप कार्कीले आयुष घलानको प्रहार बचाउँदै खेलमा निर्णायक भूमिका खेले। मछिन्द्रका लागि दयानन्द सिंहको प्रहार भने बाहिरिएको थियो।
संकटाका लागि इमान बोएटाङले निर्णायक पेनाल्टी प्रहारलाई गोलमा परिणत गरे। संकटाका अन्य खेलाडीहरू राम थापा, श्रीजन क्षेत्री, सन्तोष खत्री, साम कार्लोस, दीप कार्की, अबेका रिचर्ड, र रोश पहारीले पनि पेनाल्टीमार्फत गोल गरेका थिए।
मछिन्द्रको तर्फबाट समीरराज थोकर, दिवाकर चौधरी, सनिष श्रेष्ठ, ओमोलाजा नुरिन करिम, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, र विमल घर्तिमगरले गोल गरे।
संकटाले उपाधिका लागि नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) र न्यु रोड टिम एनआरटीको विजेतासँग खेल्ने छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ७ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

तपाईको प्रतिक्रिया दिनुहोस