शहरको विकासमा नीजि क्षेत्रलाई सहभागि गराउन सरकार सकारात्मक छ : कार्यवाहक प्रधानमन्त्री
काठमाडौं / ६ असोज , कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले व्यस्थित शहरको विकासमा नीजि क्षेत्रलाई सहभािग गराउन सरकार सकारात्मक रहेको बताउनुभएको छ । आज शहरी विकास मन्त्रालयमा नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीसँगको भेटका क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । महासंघको टोलीले शहरको विकासमा नीजि क्षेत्रलाई पनि सहभागि गराउनुपर्ने माग गरेका थिए ।
‘हामी के चाहन्छौं भने शहरको विकास गर्ने काममा केवल सरकार मात्र होइन की नीजि क्षेत्रलाई पनि सहभागि गराउनुपर्छ । नीजि क्षेत्र पनि मिलेर व्यवस्थित, स्वच्छ र आर्थीक रुपमा चलायमान शहर बनाउन सहकार्य गर्ने कुरामा सरकार सकारात्मक छ,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भन्नुयो,‘ शहरलाई व्यवस्थित गर्दै लैजाँदा अपार्टमेन्ट, हाउजिङको कन्सेप्टमा देखा परेका कमीकमजोरी पत्ता लगाएर विधि र प्रक्रिया अनुसार छिटो काम गर्न सरकारले प्रयास गरिररहेको छ ।’ महासंघकातर्फबाट अध्यक्ष भेषराज लोहनीले एकीकृत जग्गा तथा आवास विकासका लागि निजीक्षेत्रलाई पनि ‘ल्यान्ड पुलिङ’ गर्न दिने कानूनी व्यवस्थाको आवश्यकता रहेको भन्दै शहरी विकास ऐनमा सो विषय समेट्न आग्रह गर्नुभएको छ । हालसम्म सरकारले मात्रै ल्यान्ड पुलिङ गरेर जग्गा तथा आवास विकास गर्दै आएको छ । महासंघले ‘ल्यान्ड पुलिङ’, ‘हाउस पुलिङ’मा नीजि क्षेत्रलाई सहभागि गराउनुपर्ने, अपार्टमेन्ट खरिद गर्न विदेशीलाई २० प्रतिशत सम्म विक्रि गर्न मिल्ने व्यवस्था गर्नुपर्ने र अपार्टमेन्टभित्रको जग्गा अपार्टंमेन्ट विक्रिपछि डेभलपरको नाममा राखन नमिल्ने गरि शहरी ऐनमा प्रबन्ध गर्न माग गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ४ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ५ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
- ६ परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो : मन्त्री पोखरेल
- ७ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस