Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारशंखधर साख्वा प्रेरणादायी व्यक्तित्व : उपप्रधानमन्त्री सिंह

    शंखधर साख्वा प्रेरणादायी व्यक्तित्व : उपप्रधानमन्त्री सिंह


    काठमाडौं/२६ कात्तिक,उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवं नेपाल संवतका प्रवर्तक शंखधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताउनुभएको छ । शंखधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले साख्वाले तत्कालिन नेपाली समाजमा सामाजिक सुधारकका रुपमा अतुलनिय योगदान गरेको बताउनुभयो । साख्वा सामाजिक न्यायका पक्षपाती रहेको पनि सिंहले बताउनुभयो ।

    ‘शंखधर साख्वाले सबैलाई ऋण मुक्त गरेर नेपाल संवत्को सुरुवात गर्नु भएको थियो । यो समय परिवर्तन हुदैँ गए पनि शंखधर साख्वा प्रतिको हाम्रो भावना कहिले परिवर्तन हुँदैन । समाज, दाजुभाई दिदिबहिनी, समुदायमा कसैलाई दुख पर्यो भने सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना उहाँले सिकाउनु भएको छ । त्यो भावना हामीसँग अहिलेको वर्तमान अवस्थामा पनि अझै बढ्दै गएको छ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो । यस्तै, उहाँले  साख्वालाई मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय विभूति घोषणा गरेको भन्दै त्यो मन्त्रिपरिषद्को बैठकमा आफू पनि सामेल हुन पाउदा खुसि लागेको बताउँदै संस्कृती, परम्परा र भाषाको संरक्षण गर्नको लागि जति सक्दो प्रयास गर्ने पनि सिंहले बताउनुभयो । साख्वाको योगदानको मूल्यांकन गर्दै तत्कालिन प्रधानमन्त्री नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले ०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको पनि सिंहले स्मरण गर्नुभयो । २०६५ कात्तिक ७ गतेबाट साख्वाले प्रवर्तन गरेकोे नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको छ । लखुतीर्थबाट ल्याइएको बालुवा सुनमा परिणत भएपछि राष्ट्रिय विभूति शंखधरले जनताको ऋणमोचन गर्नुभएको इतिहास रहेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मेनपावर कम्पनीबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

    काठमाडौं/ १२ साउन, वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना समेत

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि १० नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं, १२ साउन, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा निर्धारित राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका

    नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७–१८ मा

    काठमाडौं, १२ साउन, नेपाल प्रेस युनियनले आफ्नो १०औँ संघीय महाधिवेशन २०८३ असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको

    मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध

    काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध

    नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा…

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित

    उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत…

    काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र

    Techie IT