माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि
काठमाडौं/ ५ भदौ, नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदै छ । साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बुधवार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता एवं बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् । बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने उनले बताए । उक्त बिहीबार बैठक सम्पन्न हुनेछ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ५ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ६ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ७ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो

तपाईको प्रतिक्रिया दिनुहोस