Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ३ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारभाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

    भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा


    बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन् ।

    आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन् । भौगोलिक विकटताका कारण आलु बजारसम्म पुर्याउन पनि समस्या छ । उत्पादन भएको आलुलाई बजारीकरण गर्न सडक स्तरोन्नति हुनुपर्ने स्थानीयको माग छ । आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन् ।

    दुर्गम गाउँ भए पनि रमुवामा २०६५ मा स्थानीयको लगानीमा सडक निर्माण भएको थियो । उक्त सडक हालसम्म पनि स्तरोन्नति हुनसकेको छैन । बजार क्षेत्रमा रासायनिक मल प्रयोग गरी उन्नत जातका आलुको उत्पादन हुने गरे पनि रमुवाका किसानले रैथाने जातका आलुखेतीमा प्राङ्गारिक मल प्रयोग गर्दै आएका छन् । पशुपालन र आलुखेती यहाँका स्थानीयको मुख्य पेसा हो । प्राङ्गारिक मलका कारण एकै परिवारले वार्षिक तीन हजारदेखि पाँच हजार क्विन्टलसम्म आलु उत्पादन गर्छन् । रमुवामा हरेक वर्ष ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ । यो गाउँमा करिब एक सय ३० परिवार स्थायी रूपमा बसोबास गर्दै आएका छन् । त्यसमध्ये अधिकांशले भेडाबाख्रा र गाईभैँसीपालन गर्ने हुँदा मलको कुनै समस्या छैन ।

    गाउँमा खाद्यबाली उत्पादन कम हुँदा वर्षभरि खान पुग्दैन । त्यसले गर्दा भाँगो र आलुसँग चामल साटेर गुजारा चलाउनुपर्ने स्थिति छ । पालिकाको केन्द्र गलकोटसम्म पुग्ने सडक स्तरोन्नति भए आलु बजारीकरणमा कुनै समस्या नहुने गलकोट नगरपालिका–१० रमुवाका स्थानीयसमेत रहनुभएका पूर्वअध्यक्ष तिलक घर्तीमगरले बताउनुभयो । रमुवामा उत्पादन हुने आलु गलकोट, बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायतका ठाउँमा पुग्ने गर्छ ।

    वर्षौँ पहिलेदेखि नै यहाँका नागरिक आलुखेतीमा लाग्दै आएका हुन् । समुद्री सतहबाट दुई हजार दुई सय मिटरभन्दा माथिको उचाइमा रहेको रमुवामा धान, गहुँ भने उत्पादन हुँदैन । प्रविधिको विकास भए पनि आफूहरूले परम्परागत रूपमा प्राङ्गारिक आलु उत्पादन गर्ने स्थानीय दिव्या रानाले बताउनुभयो । हरेक वर्ष एकै परिवार ५० देखि १०० मुरीसम्म आलु फलाउने उहाँले बताउनुभयो । आलु फल्ने समयमा कुनै पनि रोगको प्रकोप नदेखिए हरेक वर्ष उत्पादन वृद्धि हुने राना बताउनुहुन्छ । आलुखेतीबाटै परिवारको लालनपाल, पढाइलेखाइदेखि जीविका चलाउने गरेको उहाँले सुनाउनुभयो ।

    गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले रमुवालाई आलु पकेट क्षेत्र घोषणा गरेर उत्पादन वृद्धिमा लागेको राससलाई बताउनुभयो । यहाँका किसानलाई आलुखेतीतर्फ अझ प्रोत्साहन गर्न कृषिसम्बन्धी तालिम, आवश्यक प्राविधिक सहयोग गर्दै आएको उहाँले बतानुभयो । अब नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिने नीति रहेको उहाँले जानकारी दिनुभयो । हाल सडक कच्ची भए पनि किसानलाई बजारसम्म आलु पु¥याउन समस्या नभएको बताउँदै उहाँले उत्पादित आलुले बजार नपाए पालिकाले नै जिम्मा लिने स्पष्ट गर्नुभयो ।

    किसानलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनेतर्फ पालिका लागेको उहाँले बताउनुभयो । आलुलाई ‘ब्राण्डिङ’ गर्ने पालिकाको योजना पनि उहाँले सुनाउनुभयो । प्रवक्ता भण्डारीले भन्नुभयो, “रमुवा आलु उत्पादनका लागि उर्वर भूमि हो, पछिल्लो समय विषादी प्रयोग गरेको आलु बजारमा आइरहेको बेला यहाँका किसानले त्यस्तो मल प्रयोग नगरी उत्पादन गर्छन्, जैविक आलुको बजार पनि राम्रो छ, किसानले बजार पाएन भनेर गुनासो गर्नुभएको छैन, उहाँहरूले उत्पादन गरेको आलु बिक्री नभए नगरपालिकाले त्यसको जिम्मा लिन्छ र किसानलाई उचित मूल्यको व्यवस्था गर्छ, सिङ्गो गाउँ नै आलुखेतीमा लाग्दा उत्पादन हरेक वर्ष बढेको छ, नगरपालिकाले समय–समयमा किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।”




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका

    वाणिज्य विभागद्धारा छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ

    कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

     काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३०

    Techie IT