Techie IT
  • The Film Nepal
  • २०८३ असार १६ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिदेशलाई संकटमुक्त बनाउन दुई दलको सहकार्य : महासचिव पोखरेल

    देशलाई संकटमुक्त बनाउन दुई दलको सहकार्य : महासचिव पोखरेल


    काठमाडौं/११ मंसिर, नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र कांग्रेस मिलेर सङ्कटमुक्त गर्ने अभियानमा लागेको बताउनुभएको छ । सोमबार एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रिय कार्यालय उद्घाटन कार्यक्रमलाई यहाँ सम्बोधन गर्दै महासचिव पोखरेले सो कुरा बताउनुभएको हो । 
    मुलुकलाई सङ्कटबाट बाहिर निकाल्ने माथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको उहाँले बताउनुभयो । परिषद्का अध्यक्ष बलिभद्र रानाको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै पोखरेलले त्यसको उदाहरण अहिले प्रधानमन्त्री केपी ओलीमाथिको प्रहार भएको स्पष्ट पार्नुभयो । जसले मुलुकलाई, मुलुकको अर्थतन्त्रलाई सङ्कट पार्दछ, त्यसमाथि प्रहार हुँदैन, जसले सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यसमाथि कस्तो प्रहार हुन्छ भन्ने भन्ने कुरा अहिले प्रधानमन्त्री ओलीमाथि भएको प्रहारले बुझ्न सकिन्छ’ पोखरेलले भन्नुभयो ।  
    सर्वोच्च अदालतको फैसलाले  कमजोरले शासन गर्ने परिपाटीको सुरुवात भएपछि देशमा समस्या सुरु भएको पोखरेलले बताउनुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहुञ्जेलसम्म देश आर्थिक संकटमा परेको उहाँको भनाइ छ ।  ‘जसले गल्ती गर्‍यो, त्यो आलोचनाभन्दा बाहिर छ, जसले गल्ती नै गरेको छैन त्यो आलोचनाको निशानामा छ’ उहाँले भन्नुभयो ।  
    यसअघिको सरकारका प्रधानमन्त्री र अर्थ मन्त्रीले निर्माण व्यवसायीको रकम भुक्तानी माग नगरेका होइनन् भुक्तानी गर्नुपर्ने छ भनेर दायित्वमा पनि नराखेको पोखरेलले बताउनुभयो । त्यसको आलोचना गर्नुभन्दा अहिलेको सरकारले त्यो गल्तीलाई सुधार गर्ने र भुक्तानी काग गरिरहेको अहिलेको सरकारको आलोचना हुनु दुर्भाग्यपूर्ण भएको उहाँले बताउनुभयो । 
    नेपालका निर्माण व्यवसायीले काम गर्नभन्दा पनि ठेक्का पार्न कममा टेण्डर हाल्ने गरेको उहाँको भनाइ छ । यसले गर्दा गुणस्तरीय काम पनि नहुने र निर्माण व्यवसायी पनि डुब्ने गरेका पोखरेलले सुनाउनुभयो । निर्माण व्यवसायीलाई राज्यले तय गरेको काम गर्न साझा आचारसंहिता बनाएर स्वच्छ प्रतिस्पर्धा गर्न उहाँले सुझाव दिनुभयो । 
    अहिलेको समय निर्माण क्षेत्रलाई स्वर्ण युग बनाउन सक्ने युग भएको पोखरेलले बताउनुभयो । नेपालमा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र अत्यन्त शक्तिशाली भएको महासचिव पोखरेललेको भनाइ छ । नेपालमा जति बाह्य पर्यटक आएर खर्च गर्छन्, त्योभन्दा बढी नेपालबाट विदेश गएर गर्नेहरूको खर्च भएको उहाँले बताउनुभयो । त्यसैले नेपाली गरिब नभएका उहाँको धारणा छ । 
    देश बनाउन नेता मात्र होइन, जनता पनि लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । देश बनाउने हो भने हामी जनता पनि देश बनाउने बाटोमा हिँड्नु पर्छ, पार्टीलाई गाली गरे मात्र देश बन्दैन, नेतालाई गाली गरेर मात्रै देश बन्दैन’ उहाँले भन्नुभयो । महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण देश समस्यामा परेको बताउँदै त्यसलाई सुधार्न दुई ठुला दल सरकारमा आएको बताउनुभयो । 
    नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन नयाँ हिसाबले अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । जुन ट्र्याकबाट देश चलेको छ, त्यसबाट अघि बढ्न सक्ने स्थिति नभएको पोखरेलले स्पष्ट पार्नुभयो । तर कर्मचारीतन्त्र ट्र्याक बदलेर हिँड्न अझै तयार नभएको उहाँको धारणा छ । 
    एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जनसंगठनमा परेको समस्या समाधानमा एमाले लाग्ने बताउनुभयो । लामो समयपछि बलियो सरकार बनेको र यो सरकारको बदनाम गराउन केही तत्त्व लागेकाले यसमा सचेत हुनु पर्नेमा उहाँले जोड दिनुभयो । 
    एमालेका  केन्द्रिय सदस्य तथा  भौतिक पूर्वाधार तथा यातायात विभागका पूर्व प्रमुख डा. कृष्णबहादुर केसीले निर्माण व्यवसायमा समस्या आउँदा सबै क्षेत्रमा समस्या आउने गरेको बताउनुभयो । नेपाल उद्योग तथा व्यवसायी महासंघका महासचिव बालकृष्ण सिवाकोटीले एमालेको सरकार बनेको बेलामा धेरैतिर निर्माणका काम सुरु हुने र एमालेको सरकार गिरेपछि  निर्माण व्यवसायमा समस्या नै समस्या आउने गरेको बताउनुभयो । सरकारलाई सहयोग गर्दै समस्या समाधान गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
    लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष होमनाथ कोइरालाले निर्माण व्यवसायीहरूको हितमा मिलेर काम गर्नुपर्ने बताउनुभयो । सरकार र निर्माण व्यवसायी  दुवैको कारण निर्माण कार्यमा समस्या भएको उहाँको धारणा छ । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले व्यवसायीहरूले भुक्तानी नपाएको कारण मार्कामा परेकाले पार्टीको तर्फबाट सरकारसम्म सो कुरा पुगाउन आग्रह गर्नुभयो । 
    कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, केन्द्रीय सदस्यहरू जीवन गौतम, गीता कार्की अन्य दलका निर्माण व्यवसायी संघ संगठनका प्रतिनिधि लगायतको सहभागिता थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाको नवनिर्वाचित नेतृत्वको शपथ बुधबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार आयोजना

    हुलाक सेवा आधुनिकीकरण नगरी प्रभावकारी सेवा सम्भव छैन : सञ्चारमन्त्री…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन्। हुलाक

    अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध

    काठमाडौं । अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध अविरल वर्षापछि दार्चुला र बैतडीका विभिन्न स्थानमा पहिरो खस्दा सडक तथा यातायात

    एमाले उपाध्यक्ष विष्णु पौडेल म्याद थपका लागि विशेष अदालतमा उपस्थित

    काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले

    सांसद थप जिम्मेवार र अध्ययनशील बन्नुपर्छ : सभामुख अर्याल

    काठमाडौँ|  डोलप्रसाद अर्याल ले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति

    असार १२ सम्म ११.३३ प्रतिशत मात्रै धान रोपाइँ, मधेशमा सुख्खाले…

    काठमाडौं । यस वर्ष असार १२ गतेसम्म देशभर औसत ११.३३ प्रतिशत धान रोपाइँ भएको सरकारी तथ्यांकले देखाएको छ। कृषि विभाग

    Techie IT