Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियगुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल

    गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल


    काठमाडौं/ ५ मंसिर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 
    मंगलबार बागलुङमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले आवश्यक प्रक्रियाको थालनी गरिसकेको जानकारी दिनुभयो । 
    बागलुङको काठेखोला गाउँपालिका-६ बिहुँकोट आधारभूत अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले ग्रामीण क्षेत्रमा रहेका अस्पतालहरूमा पूर्वाधार निर्माण, दक्ष जनशक्ति र उपकरणको व्यवस्थापन गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । 
    मन्त्री पौडेलले भन्नुभयो, ‘‘सरकारले विकट बस्तीमा रहेका स्वास्थ्य संस्थाहरूको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । विपन्न र असहाय नागरिकले पनि सहज रूपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन् र उपचारको अभावमा कोहिपनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले सरकारले स्वास्थ्य क्षेत्रको सुधारका काम थालेको छ ।’’ 
    एक महिनाभित्रै सबै प्रकारका औषधीको मूल्य समायोजन गरी एकरूपता कायम गर्ने उहाँको भनाइ थियो । सात वटै प्रदेशमा मुटुरोगको उपचारका लागि विशिष्टीकृत अस्पतालको सञ्चालन गर्ने सरकारको योजना रहेको उहाँले सुनाउनुभयो । 
    मन्त्री पौडेलले तथा उपकरण खरिद प्रक्रियामा सबै सरकारी अस्पतालले समयमा नै सम्पन्न गरेर जनतालाई सहज सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको उहाँको भनाई छ । मन्त्री पौडेलले मंगलबार नै बागलुङको गलकोटमा रहेको नगरअस्पतालमा आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा सिईओएनसीको उद्घाटन समेत गर्नुभयो । 
    सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्य सूचिका आधारमा मुलुकभर औषधीहरू खरिद बिक्री हुने र बिरामीहरू ठगिन नपर्ने उहाँको भनाइ छ । मन्त्री पौडेलले मुलुकभरिका १६ लाख किशोरीहरूलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाउने व्यवस्था गरिएको बताउँदै अहिले खोप भण्डारणको काम भइरहेको बताउनुभयो । त्यस्तै १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार गरिने जस्ता कार्यक्रमले धेरै लाभान्वित भएको उहाँको भनाइ थियो । 




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता…

    काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    Techie IT