Techie IT
  • The Film Nepal
  • २०८३ असार ४ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिकीर्तिपुरमा तात्दैछ चुनावी माहोल

    कीर्तिपुरमा तात्दैछ चुनावी माहोल


    काठमाडौं/१३ मङ्सिर, कीर्तिपुरमा विसं २०५१ को मध्यावधि निर्वाचनमा खानेपानी समस्या प्रमुख मुद्दा बन्यो । त्यसपछिका प्रत्येक स्थानीय निर्वाचनमा पनि खानेपानी समस्या प्रमुख मुद्दा बन्दै आयो । ३० वर्षपछि पनि यो समस्या समाधान हुन सकेको छैन । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पनि खानेपानीकै समस्या प्रमुख मुद्दा बनेको छ । जसलाई मत दिए पनि केही उपलब्धि नदेखिएको नैराश्यता व्यक्त गर्दै कीर्तिपुर नगरपालिका–३ का सानुबाबु महर्जन भन्नुहुन्छ, “स्वतन्त्र उम्मेदवार पनि छन् तर मुख्य प्रतिस्पर्धा दलहरूबिच नै हुने देखिन्छ ।”

    स्थानीय तह उपनिर्वाचन २०८१ का लागि आइतबार मतदान हुँदै छ । ४१ पदका लागि मतदान हुने भए पनि राजधानी सहरसमेत रहेको काठमाडौँ जिल्ला अन्तर्गतको कीर्तिपुर नगरपालिका र काठमाडौँ–१६ को निर्वाचन चासोको विषय बनेको छ । कीर्तिपुर नगरपालिकामा प्रमुख तथा वडा नं. १ र ४ का अध्यक्ष पदका लागि मतदान हुँदै छ । कीर्तिपुर नयाँ बजारका नरेन्द्र महर्जनले मेलम्चीको पानी आपूर्तिले खानेपानीको समस्या केही हदसम्म सम्बोधन भएको बताउनुभयो । उहाँका अनुसार केही महिनाअघिसम्म हप्तामा १५ देखि २० मिनेटसम्म दुई पटक आपूर्ति हुने पानी हाल दैनिक एकदेखि दुई घण्टासम्म आउँछ ।

    हुन त कीर्तिपुरवासीले बर्सौंदेखि झेल्दै आएको खानेपानीको समस्या आफैँले समाधान गर्ने प्रयत्न नगरेका होइनन् । २०५० को दशकमा सिम झ्वा हिटीबाट कुलो खनेर नयाँ बजारसम्म पानी ल्याए तर दिगो भएन । सो परियोजनाका लागि एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले २० लाख रुपियाँ सहयोग उपलब्ध गराएको थियो ।

    नेवार समुदायको बाहुल्य रहेको कीर्तिपुर नगरपालिकामा दस वटा वडा छन् । करिब एक लाख व्यक्ति बसोबास गर्ने यस पालिकामा ७४ हजार स्थानीय बासिन्दा र ३१ हजार १०९ मतदाता छन् । कांग्रेसबाट निर्वाचित नगरप्रमुख राजकुमार नकर्मीको निधन भएपछि पालिका प्रमुखका लागि कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको हो ।

    काठमाडौँ महानगरपालिकासँग जोडिएको कीर्तिपुर नगरपालिकाको मुख्य बाटो फराकिलो छैन । बाटोको अवस्था दयनीय छ । फोहोरको नियमित व्यवस्थापन हुन सकेको छैन ।

    नगरप्रमुख पदका लागि नौ जना दलका र ११ जना स्वतन्त्र गरी २० जना उम्मेदवार रहेका छन् । अधिकांश उम्मेदवारले खानेपानीको सहज आपूर्ति, फोहोरमैला व्यवस्थापन, सामुदायिक विद्यालयको पठनपाठनलाई स्तरीय बनाउने र जीर्ण बाटोलाई चिल्लो बनाउने चुनावी नारा लगाएका छन् । कीर्तिपुर–१० का मदन श्रेष्ठ भने आफू बस्दै आएको जग्गाको लालपुर्जा नरहेकोमा चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो, “घडेरीको लालपुर्जा नहुने म मात्रै होइन, थुप्रै व्यक्ति छन् । बर्सौंदेखि राजनीतिक मुद्दा बन्दै आएको छ तर अझै समाधान भएको छैन ।”

    देशकै सबैभन्दा जेठो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय कीर्तिपुर नगरपालिकाभित्रै पर्छ । नेपालकै एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानसमेत कीर्तिपुरभित्र नै छ । खेल र शैक्षिक पर्यटनसँगै नेवा संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्धन गर्न सकिने प्रचुर सम्भावना रहेको स्थानीय नरेन्द्र महर्जनले बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालयको शिक्षाको स्तर खस्किँदा कीर्तिपुर पढ्न आउने विद्यार्थीको सङ्ख्यासमेत पहिलेको भन्दा पातलिएको छ ।

    नगरपालिकाको प्रमुख पदका प्रत्याशीले यी सबै समस्या समाधानका लागि आफू उम्मेदवार बनेको दाबी गरेका छन् । पालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल, नेकपा (एमाले) का सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) का प्राडा शिवशरण महर्जन, नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जन, जनता समाजवादी पार्टी, नेपालका दीपक महर्जन, जनमत पार्टीका केशव श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिनुभएको छ ।
    त्यसै गरी राजमान महर्जन, नवरथकुमार बानियाँ, रामकृष्ण महर्जन, प्रेमबहादुर महर्जन, दिनेशकुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, कविकुमार महर्जन, नरेशराज पाण्डे र आनन्द महर्जनले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कीर्तिपुरको प्रमुख पदमा २० जना उम्मेदवारमध्ये महिला उम्मेदवार एक जना पनि छैनन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    Techie IT