Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारअमेरिकाको न्युयोर्कमा झल्कियो नेपाल

    अमेरिकाको न्युयोर्कमा झल्कियो नेपाल


    न्युयोर्क । अमेरिकाको न्युयोर्क, म्यानहाटन सहर आइतबार दिनभर नेपाली संगीतले गुल्जार थियो । नेपालका विभिन्न जातजाति र क्षेत्रका मानिसहरु आआफ्नै भेषभुषामा सजिएका थिए ।

    पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलोले गुञ्जिएको विदेशी भूमिमा पनि नेपालकै झझल्को दिइरहेको थियो । सन्दर्भ थियो, अमेरिकाको न्युयोर्क सहरमा नेपाल डे परेड ।

    परेडमा विभिन्न संघसंस्थाका व्यानरसहित नेपाली र नेपाली अमेरिकनहरुको उपस्थिति थियो । गैरआवासीय नेपाली संघ, अमेरिका न्युयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समन्वयमा नेपाल डे परेड भएको हो । नेपालको गणतन्त्र दिवसको सेरोफेरो पारेर सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो ।

    नेपाल डे परेडमा न्युयोर्क सहरका मेयर एरिक एडम्स, अमेरिकी सिनेटका मेजोरिटी लिडर चक सुमर, न्युयोर्क राज्यका सांसद स्टेभन रागालगायत स्थानीय जनप्रतिनिधिहरुको पनि उपस्थिति थियो । उनीहरुले रुचिका साथ अवलोकन गरेका थिए ।

    नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको सांगितिक प्रस्तुतिले म्यानहाटन सहरलाई नेपालमय बनाएको थियो । नेपाली पोशाक, झण्डा र ब्यानरसहित नाचगान र बाजा बजाउँदै सहर परिक्रमा गरिएको थियो । नेपाल डे परेडमा न्युयोर्क, न्युजर्सी र कनेक्टिकटबाट सहभागी हुन आएका थिए ।

    सभामा नेपाली महावाणिज्य दूतावास न्युयोर्ककी वाणिज्यदूत विष्णु अधिकारी, नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, उपवाणिज्यदूत संगीता न्यौपाने सहभागी थिए । परेडका लागि अध्यक्ष हेमन्त मल्ल थिए ई. टेम्बा शेर्पालाई कन्भेनरको जिम्मेवारी दिइएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT