अनलाइन जुवा : क्यासिनो प्यालेसका निर्देशक ऋषभ पावासहित ३ जनालाई थुनामा पठाउन आदेश
जिल्ला अदालत काठमाडौंले दरबारमार्गमा सञ्चालित क्यासिनो प्यालेसका निर्देशक ऋषभ पावासहित ३ जनालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाको इजलासले उनीरहरुलाई पूर्पक्षका लागि थुनामा पठाएको हो।
जिल्ला अदालतले निर्देशक पावा, मार्केटिङ निर्देशक गुलाब सिंह र केज मेनेजर गौरब चोपडालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो। तीनैजना भारतीय नागरिक हुन्।
उनीहरुले अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ गरिएको थियो। उनीहरुलाई प्रहरीले माघ १८ मा अन्नपूर्ण होटल परिसरमा सञ्चालित क्यासिनोको अण्डरग्राउण्डबाट पक्राउ गरेको थियो।
एटलान्टिक रिक्रियसन प्रालिको नाममा सञ्चालित ‘क्यासिनो प्यालेस’को भूमिगत तलामा उनीहरुले ‘अनलाइन जुवा’ सञ्चालन गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।
उनीहरुविरुद्ध प्रहरीले राष्ट्र बैंक ऐन–२०५८ र अनलाइन जुवा खेलाएको कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझएको थियो। क्यासिनो प्यालेसको अण्डर ग्राउण्ड र ललितपुरस्थित ऋषभ बस्दै आएको हाउजिङबाट प्रहरीले ठुलो परिमाणमा अमेरिकी डलरसहित १३ देशको मुद्रा बरामद गरेको थियो।
१ करोड ८ लाख ९ हजार ४४५ रुपैयाँ विदेशी मुद्रा र नेपाली नगद बरामद गरिएको थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ विश्वकप : मोरक्कोको पहिलो जित
- ५ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ६ चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
- ७ रास्वपाको प्रथम महाधिवेशन भरतपुरमा सुरु, रवि र बालेनले संयुक्त उद्घाटन

तपाईको प्रतिक्रिया दिनुहोस