Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २१ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिलोकतन्त्रवादीले हार्दा देशले हार्छ- कांग्रेस नेता श्रेष्ठ

    लोकतन्त्रवादीले हार्दा देशले हार्छ- कांग्रेस नेता श्रेष्ठ


    ललितपुर, २५ माघ: नेपाली कांग्रेसका अग्रज नेता एवम् पूर्वमन्त्री ओमकार प्रसाद श्रेष्ठले लोकतन्त्रवादीले हार्दा देशले हार्छ भन्ने बताउनुभएको छ। नेपाली कांग्रेसका पूर्वजिल्ला सचिव ध्रुब थापाको स्मृतिमा ध्रुव थापा स्मृति प्रतिष्ठानद्वारा आयोजित चौधौं स्मृतिसभामा धारणा राख्नुहुँदै पूर्वमन्त्री श्रेष्ठले प्रजातन्त्रवादीहरुको बीचमा एकता नहुँदा नागरिकहरुले पनि धेरै दुख पाएका छन् भन्नुभएको हो।

    “हामी निर्वाचनको अभियानमा छौँ, जेनजेडलाई हामीले बुझ्न सक्नुपर्छ, बुझाउन पनि सक्नुपर्छ, भरपर्दो नेता र दूरदर्शिता नभएको पार्टीले स्थायित्व दिन सक्दैनन्, उनीहरुको सोच केवल सत्ता र शक्ति हत्याउने मात्रै हुन्छ, भर नभएका व्यक्ति र पार्टीको पछि लाग्नु  घातक हुन्छ।” उहाँले भन्नुभयो। उहाँले ३० अर्वको बजेट भएको महानगरको सबल नेतृत्व गरेर कार्यकाल पूरा गर्न नसकेको व्यक्तिलाई प्रधानमन्त्री बनाएर देशको समृद्धि हासिल हुन नसक्ने भन्द‌ै कांग्रेसले मात्रै देशको लागि जनताप्रति प्रतिवद्ध भएर उचित काम गर्न सक्ने बताउनुभयो। पूर्वमन्त्री श्रेष्ठले प्रजातन्त्रको सफलताका लागि स्वर्गीय थापाले पुर्याउनु भएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले विशेष अधिवेशनले सबैको अपनत्व सृजना गरेको भन्दै नेपाली कांग्रेस बहुमत र अल्पमतमा निर्णय गर्ने भन्दा पनि सहमति र सहकार्यमा चल्ने पार्टी बन्ने अभियानमा रहेको पनि जानकारी गराउनुभयो।

    नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति एवम् संविधानसभा सदस्य चन्द्र महर्जनले स्वर्गीय थापाको जिम्मेवारीपूर्ण सहयोगले आफ्नो सभापतित्वको कार्यकाल सफल भएको बताउँदै राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा समेत उहाँले महत्त्वपूर्ण योगदान पुर्याउनु भएको बताउनुभयो। उहाँले संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि नेपाली कांग्रेसको सरकार आवश्यक रहेको बताउँदै नेपाली कांग्रेसको नेतृत्वमा मात्रै जेनजी आन्दोलनको मर्मअनुसार नवयुवाहरुको सोचअनुसार देशमा शान्ति, सद्भाव र समृद्धि हासिल हुनसक्ने धारणा राख्नुभयो।

    नेपाली कांग्रेस ललितपुरका सभापति एवम् पार्टीकातर्फबाट ललितपुर क्षेत्र नं. ३ का लागि प्रतिनिधिसभाका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले स्वर्गीय थापाले पञ्चायत कालमा प्रजातन्त्र स्थापना गर्नका ठूलो योगदान दिनुभएको स्मरण गर्दै उहाँसंगै कार्यसमितिमा रहेर काम गर्ने अवसर पाएको चर्चा गर्नुभयो। सभापति श्रेष्ठले स्वर्गीय थापा सालीन, भद्र स्वभावको हुनुहुन्थ्यो भन्दै हरेक क्षेत्रमा योगदान गर्ने मानिसलाई जीवितै सम्मान गर्ने पद्धतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो। गोकुल खड्काले स्वर्गीय ध्रुब थापा मृदुभाषी, कुशल संगठनकर्ता, त्यागी समाजसेवी हुनुहुन्थ्यो भन्दै उहाँले पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रवि लामिछाने र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट, नेपाल–भारत सम्बन्ध मजबुत…

    काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्

    रवि लामिछाने र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट, नेपाल–भारत सम्बन्ध मजबुत…

    काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्

    महानगर यातायातले थप्यो १६ नयाँ विद्युतीय बस, चक्रपथमा सेवा सुरु

    काठमाडौं ।  महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि काठमाडौं उपत्यकाको

    पुराना दललाई फसाउन आयोग गठन गरिएको ओलीको आरोप

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३/२४ गते भएको घटनालाई पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका

    रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।भारत भ्रमणको

    अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७…

    काठमाडौं । नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा आगामी असार ३ गते अछामको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनमा ‘रामारोशन स्काई

    Techie IT