Techie IT
  • The Film Nepal
  • २०८३ असार १४ आईतवार

    अपडेट
    गृहपृष्ठखेलकुदकाभा यु–२० महिला भलिबल टोलीको घोषणा

    काभा यु–२० महिला भलिबल टोलीको घोषणा


    काठमाडौं । नेपाल भलिबल संघले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय खेलाडी टोली घोषणा गरेको छ ।

    टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १–१ खेलाडी छनोट भएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जनाएका छन् ।

    बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ रहेका छन् । लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मिना सुनार र आरती चौधरी छनोट भए । सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना तथा गण्डकीबाट आशिका क्षेत्री छानिए ।

    मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर रहेका छन् । प्रतियोगिता माल्दिभ्सको मालेमा असार ३१ गतेदेखि साउन ९ गतेसम्म हुनेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विश्वकपको समूह चरण सकियो : ३२ टोली नकआउटमा, १६ देश…

    काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समुह चरणको समूह चरणका खेल सम्पन्न हुँदा ३२ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन्

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ

    अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प

    काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि

    डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा

    काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’

    लिग–२ र युके टूरका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सिरिज तथा युके प्रिपेरेसन टूरका लागि रोहित पौडेलको

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    Techie IT