Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ४ शुक्रबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियस्थानीय तह उपनिर्वाचन, आज उम्मेदवारी दर्ता

    स्थानीय तह उपनिर्वाचन, आज उम्मेदवारी दर्ता


    काठमाडौं/ २ मङ्सिर, स्नीय तह उपनिर्वाचन २०८१ का लागि आज मङ्सिर २ गते आइतबार उम्मेदवारी दर्ता हुँदै छ । स्थानीय तहमा रिक्त रहेका ४४ पदमा मङ्सिर १६ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुन लागेको हो ।

    निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले सम्बन्धित पालिकाको केन्द्र र वडामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मङ्सिर २ गते आइतबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयन दर्ता हुने जानकारी दिनुभयो । ४४ पदका लागि आइतबार नै मनोनयन दर्ता हुने छ । जसमध्ये पालिकाका प्रमुख र उपप्रमुख एक/एक, अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्षको ३४ पद रिक्त छन् । दुई वटा जिल्ला समन्वय समितिको प्रमुख पद पनि रिक्त छन् ।

    पालिका केन्द्रमा नौ र वडा केन्द्रमा २९ गरी ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालयमार्फत ४२ पदको मनोनयन दर्ता हुने छ । जिल्ला समन्वय समितिको प्रमुख पदका लागि कैलाली र ओखलढुङ्गामा निर्वाचन हुने छ । ओखलढुङ्गामा जिल्ला निर्वाचन अधिकारी र कैलालीमा प्रदेश निर्वाचन अधिकारी निर्वाचन अधिकृतको भूमिकामा रहनुहुने छ ।

    स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ अनुसार मनोनयनपत्र दाखिला गर्दा वडाध्यक्षले एक हजार र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले एक हजार पाँच सय रुपियाँ धरौटी राख्नुपर्ने छ । महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा ५० प्रतिशत छुट हुने छ ।

    आचारसंहिता लागु

    निर्वाचन आयोगले उपनिर्वाचनका लागि मङ्सिर २ गते आइतबारदेखि आचारसंहिता लागु गरेको छ । आयोगले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र तोकिएका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागु हुने जनाएको छ ।

    आयोगका प्रवक्ता पोखरेलले आयोग पदाधिकारीको मङ्सिर १ गतेको बैठकबाट निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिताको सम्पूर्ण व्यवस्था लागु गर्ने निर्णय भएको जानकारी दिनुभयो । आचारसंहिता उपनिर्वाचन हुने जिल्लाभित्र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार, संवैधानिक निकाय र सो निकायका पदाधिकारीलगायतलाई लागु हुने छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका

    वाणिज्य विभागद्धारा छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ

    कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

     काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३०

    Techie IT