Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारबाढीपहिरोबाट पीडित दक्षिण ललितपुरका २ सय १७ घरपरिवारलाई राहत वितरण

    बाढीपहिरोबाट पीडित दक्षिण ललितपुरका २ सय १७ घरपरिवारलाई राहत वितरण


    ललितपुर/१४ कातिक, गत असोज ११ र १२ गते परेको अविरल बर्षाका कारण आएको बाढीपहिरोबाट पीडित दक्षिण ललितपुरका २ सय १७ घरपरिवारलाई राहत वितरण गरिएको छ । ललितपुर क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उदय शम्म्शेर राणा, जिल्ला समन्यवय समितिका प्रमुख ऋषिदेव फूँयालको पहलमा महाँकाल गाउँपालिकाका ९७ घरपरिवार र नेपाली काँग्रेस ललितपुर क्षेत्र नं. १ का सभापति सुन्दरमान थिङको पहलमा १ सय २० घर परिवारलाई आज बुधबार राहात वितरण गरिएको हो ।
    “गोदावरी नगरपालिका वडा नं. ७ मा रोटरी क्लब ललितपुरको सहयोगमा ७ हजार मिटर खानेपानी पाइप उपलब्ध गराइयो, त्यस्तै बाढिपहिरोले पूर्ण क्षति पु¥याएका महाँकाल गाउँपालिकाका ९७ घरपरिवारलाई न्यानो कपडा बितरण गरिएको छ । जाडो सुरु भइसकेको अवस्थामा पीडितालाई यसले केही भएपनि सहज हुने अपेक्षा छ, अरु थप सहयोगका लागि हामी निरन्तर लागिपरेका छौं।” जिल्ला समन्वय समिति ललितपुरका प्रमुख फूँयालले भन्नुभयो ।
    रोटरी क्लब अफ ललितपुरका अध्यक्ष अनिस बज्राचार्यले विपदमा परेकाहरुको सहयोगका लागि रोटरीका सदस्यहरुबाट आठ लाख पचास हजार रकम संकलन गरी न्यानो कपडा उपलब्ध गराइएको बताउनुभयो ।
    त्यस्तै ‘गुड पिपुल नेपाल’ नामक गैर सरकारी संस्थाको सहयोगमा द्वारा ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नल्लु र चौघरे तथा महाँकाल गाउँपालिकाको मानिखेलका गरी १ सय २० बाढीपहिरो प्रभावित परिवारलाई राहात वितरण गरिएको नेपाली काँग्रेस ललितपुर क्षेत्र नं. १ का साभपति सुन्दरमान थिङले जानकारी गराउनुभयो ।
    “तिहार आइसक्यो, पीडितहरुलाई सहयोग गरेर दैनिक जीवन सहज बनाउन हामीले १२ लाख बराबरको राहत सामग्री वितरण गरेका छौं, यसले केही सहज हुनेछ ।” थिङले भन्नुभयो ।
    असोज ११ र १२ गतेको अविरल वर्षाबाट अतिप्रभावित बनेको ललितपुर जिल्लाको दक्षिण भेगमा अवस्थित ३ वटा गाउँपालिका क्रमसः बागमती, कोन्ज्योसोम र महांकाल विभिन्न वडामा राहत सामग्री वितरण गरिएको ‘गुड पिपुल नेपाल’ का प्रतिनिधि अतित लामाले जानकारी दिनुभयो ।
    “हामीले १ थान व्ल्याङ्केट (सिरक), १ थान प्रेसर कुकर, १ थान त्रिपाल, ३ थान थाल, १ थान इमर्जेन्सी लाइट सहित केही खाद्यान्न राहतको रूपमा उपलब्ध गराएका छौं ।” लामाले भन्नुभयो ।
    “बाढी पहिरोबाट अति प्रभावितलाई लक्षित गरेर राहत सामग्री वितरण होस् भन्ने हाम्रो अभिप्राय हो। पालिकाका जनप्रतिनिधिसँग समन्वय गरेर स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमाराहत वितरण गरेका छौँ,”उहाँले थप्नुभयो ।
    बाढिपहिरोबाट विस्थापितहरुको पुनःस्थापनाका लागि जिल्लास्थित सरकारी कार्यालयहरु, स्थानीय पालिकाहरु समेतकोे समन्वयमा सुरक्षित स्थानमा स्थायी बसोबासको प्रबन्ध मिलाउनका लागि निरन्तर लागि परेको जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फूँयालले जानकारी दिनुभयो । संघीय र बागमती प्रदेश सरकारले ललितपुरका बागमती, महाँकाल र कोन्ज्योसोम गाउँपालिका तथा गोदावरी नगरपालिकालाई विपद संकटग्रस्त पालिका घोषणा गरेको छ । असोज ११ १२ गतेको बाढीपहिरोबाट ललितपुरमा ४६ जनाको ज्यान गएको छ भने अझै ५ जना वेपत्ताको सूचीमा रहेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    सम्पत्ति शुद्धीकरण आरोपमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ।

    Techie IT