वैदेशिक रोजगारीमा ठगी : पाइलैपिच्छे रकम लिएको गुनासाे
काठमाडौं/ ५ असाेज वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई सहजीकरण गरिदिने भन्दै बिचौलिया श्रम प्रतिनिधिले मनलाग्दी पैसा लिने गरेको गुनासो आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्ला दिनमा वैदेशिक रोजगारीमा जानेलाई सहजीकरण गरिदिने नाममा विभिन्न व्यक्तिले सेवाग्राहीसँग पाइलैपिच्छे रकम लिएको गुनासो आउने क्रम बढेकोप्रति विभागको ध्यानाकर्षण भएको जनाएको हो ।
विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विभाग तथा मातहत कार्यालयमा कार्य सहजीकरणको नाममा तोकिएको शुल्कभन्दा बढी पैसा लिने गरेको गुनासो आएको हुँदा सेवालाई रसिदभन्दा बढी पैसा नतिर्न आग्रह गर्नुभयो ।
उहाँका अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्ने श्रम प्रतिनिधि, बिचौलिया र श्रम कार्यालयवरपर रहेका साइवरहरूले श्रमिकसँग श्रम स्वीकृतिबापत वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र म्यादी बिमाबापत बुझाउनुपर्ने रकमभन्दा दोब्बरभन्दा बढी रकम लिने गरेको पाइएको छ । विभागका महानिर्देशक खत्रीले बिचौलिया र साइबर सञ्चालकलाई विभागका टोलीले निगरानी बढाइरहेकाले ठगीको प्रमाण भेटिनेबित्तिकै कानुन अनुसार कारबाही गरिने चेतावनी दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई चाहिने आवश्यक सेवा सहज रूपमा कार्यालयबाट लिन सकिने भएकाले अनावश्यक रूपमा बिचौलियासम्म गएर ठगीमा नपर्न सचेत गराउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने क्रममा कुनै विषयमा केही दुविधा भएमा विभागको कार्यालयको सहायता कक्षमा गएर सबै प्रकारका सेवाबारेमा बुझ्न सकिन्छ, विदेश जाँदा केमा के कति खर्च लाग्छ भन्ने कुरा पनि सेवाग्राही आफैँले बुझ्नु पर्छ ।” यहाँ त सरकार कर्मचारीभन्दा बिचौलियाको बढी विश्वास मान्ने र उनीहरूकै लहैलहैमा लागेर बिनाप्रमाण धेरै पैसा बुझाउने र पछि ठगिए भनेर आउने सेवाग्राही बढी रहेको उहाँको भनाइ छ । उहाँका अनुसार सेवाग्राहीलाई कार्यालयसम्म आउन सम्भव नभए पनि वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनलाइनबाट पनि सेवा शुल्कबारे बुझ्न सकिन्छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ५ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ६ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ७ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो

तपाईको प्रतिक्रिया दिनुहोस