Techie IT
  • The Film Nepal
  • २०८३ असार १९ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारचितवनमा अनुमति बिना कालो स्टिकर प्रयोगमा रोक, १५० सवारीसाधनबाट हटाइयो

    चितवनमा अनुमति बिना कालो स्टिकर प्रयोगमा रोक, १५० सवारीसाधनबाट हटाइयो


    काठमाडौं । चितवनमा अनुमति बिना सार्वजनिक तथा निजी सवारीसाधनमा कालो स्टिकर प्रयोग गर्न रोक लगाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबारदेखि उक्त नियम कार्यान्वयनमा ल्याएको हो ।

    नियम लागू भएसँगै चितवनका करिब १५० सार्वजनिक तथा निजी सवारीसाधनबाट कालो स्टिकर हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार कालो स्टिकर प्रयोग गरिएका सवारीसाधनमार्फत लागुऔषध, चोरीका सामान, हातहतियार तथा शङ्कास्पद वस्तु ओसारपसार हुन सक्ने आशंकाका कारण यस्तो निर्णय गरिएको हो ।

    उनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आवश्यक अनुमति बिना कालो स्टिकर प्रयोग नगर्न सवारीधनीलाई आग्रह गरेका छन् । ट्राफिक प्रहरीले आगामी दिनमा पनि निगरानी तथा अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    थमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ, उच्च…

    काठमाडौं । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा प्रहरीले पक्राउ

    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति रोक्का गरिने

    काठमाडौं । सरकारले उचित कारण बिना पेट्रोलपम्प बन्द गरेर इन्धन आपूर्ति असहज बनाउने व्यवसायीमाथि कडा कारबाही गर्ने कानुनी व्यवस्था लागू

    सम्पत्ति शुद्धीकरण कानुन राजनीतिक हतियार बन्नुहुँदैन : अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका

    नेपालमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि, जुनमा ९१ हजारभन्दा बढी विदेशी…

    काठमाडौं ।  सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी)

    नेपाल–अष्ट्रेलिया सहकार्य विस्तारमा जोड, डिजिटल रूपान्तरण र छात्रवृत्ति वृद्धि विषयमा…

    काठमाडौँ|  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका

    राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनपछि नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् ।

    Techie IT