Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियमुलुकको समृद्धिकालागि अत्याधुनिक प्रयोगशालामा लगानी बढाउनुपर्ने – शिक्षामन्त्री भट्टराई

    मुलुकको समृद्धिकालागि अत्याधुनिक प्रयोगशालामा लगानी बढाउनुपर्ने – शिक्षामन्त्री भट्टराई


    ललितपुर/०४ पुस, शिक्षा विज्ञान तथा प्राविधिमन्त्री  विद्या भट्टराईले मुलुकको समृद्धिको निमित्त अत्याधुनिक प्रयोगशालामा लगानी बढाउनुपर्ने धारणा राख्नुभएको छ।
    नेपाल विज्ञान तथा प्राविधि प्रज्ञाप्रतिष्ठानको ४२ औं वार्षिक उत्सवको अवसरमा आज यहाँ आयाेजित वार्षिकोत्सब विशेष तथा पुरस्कार वितरण समारोहमा मन्तव्य राख्नुहुँदै प्रतिष्ठानका सहकुलपति समेत रहनुभएकी मन्त्री भट्टराईले स्वदेशी ज्ञानको आधुनिकीकरणमा समेत ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएकाे हाे ।
    “राष्ट्रको भविष्य युवा पुस्ता र युवा पुस्ताबाट हुने आविष्कारमा निर्भर रहन्छ, यसका लागि नेटवर्कको संयन्त्रलाइ संस्थागत गर्दै ‘ए आइ आर्टिफिसियल इन्टलिजेन्स’ र शिक्षा प्रविधिलाई जोडेर मानव जीवनसँग एकीकृत गराउनुपर्छ।” उहाँले भन्नुभयो ।
    उहाँले विगत चार दशकदेखि मुलुकको विज्ञान र प्रविधिको क्षेत्रमा नेपाल विज्ञान तथा प्राविधि प्रज्ञाप्रतिष्ठानको योगदान अतुलनीय रहेको बताउनुभयो। मन्त्री भट्टराईले विभिन्न रोग निवारण, फोहोर व्यवस्थापन, वनस्पति अनुसन्धान, जलवायु परिवर्तन लगायतका विषयमा प्रतिष्ठानले हासिल गरेको उपलब्धिले मुलुकको दिगो विकासमा टेवा पुर्‍याएको बताउनुभयो।
    उहाँले प्रतिष्ठानको उद्देश्य प्राप्त गर्नका लागि समन्वय र सहयाेगका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताउँदै प्रतिष्ठानले विज्ञान र प्रविधिमार्फत मुलुकलाई उज्यालो भविष्य तिर डोहोर्याउने विश्वास लिनुभयो।
    कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले विज्ञान र खोजको क्षेत्रमा नेपाल विज्ञान तथा प्राविधि प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय योजना आयोगसंगसँगै सहकार्य गर्नुपर्नेमा जाेडदिंदै  यसका लागि नीतिगत तहमा विशेष व्यवस्था गर्न आवश्यक छलफल गर्नुपर्ने बताउनुभयो।
    उहाँले राष्ट्रिय योजना आयोगले विद्यार्थी केन्द्रित ‘इन्टर्नसीप’को व्यवस्थामा विशेष केन्द्रित रहँदै आएको र विद्यमान ‘ग्लोबल भिलेज’को अवधारणा अनुरूप विश्वव्यापी प्रतिस्पर्धाको लागि नेपालले विश्वव्यापी सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
    प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर दिलिप सुब्बाले मन्त्रालयबाट प्राप्त सहयोग र समन्वयको निमित्त मन्त्रालय र मन्त्रीप्रति कृतज्ञता व्यक्त गर्नुभयो र आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा राखेको बताउनुभयो।
    समारोहमा विज्ञान र प्रविधिको क्षेत्रमा विशेष खोज तथा अनुसन्धानमा उत्कृष्ट छनोट हुन सफल भएका विभिन्न वैज्ञानिक शिक्षक विद्यार्थी तथा कर्मचारीहरू समेत कुल ५५ जनालाई पुरस्कृत गरिएको थियो।
    समारोहमा प्रकृति संरक्षण पुरस्कारबाट वन तथा वातावरण मन्त्रालका कर्मचारी रमेश बहादुर बस्नेतलाई २ लाख नगद सहित पुरस्कृत गरिएको थियाे। त्यस्तै एक लाख नगद राशिको विज्ञान पुरस्कार डाक्टर देवराज जोशी र प्रविधि क्षेत्रकाे पुरस्कार डाक्टर दीपेन्द्र पराजुलीलाई प्रदान गरिएको छ।
    त्यस्तै विज्ञान तथा प्राविधि युवा पुरस्कार डाक्टर सुनिल श्रेष्ठ,  डाक्टर राजकुमार थापा र डाक्टर बालकुमार ओलियालाई प्रदान गरिएको छ।  विज्ञान तथा प्राविधि पुरस्कार त्रिचन्द्र क्याम्पसकी डाक्टर ज्योति गिरीले प्राप्त गर्नु भएको छ। विज्ञान तथा प्राविधि पत्रकारिता पुरस्कार र प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार क्रमश: सौगात बोलखे र डा हरि पौडेलले प्राप्त गर्नुभएको छ। विज्ञान शिक्षक पुरस्कार क्रमश: गलैनाथ माध्यमिक विद्यालय दार्चुलाका जयधन जोशी, गोकुण्डेश्वर माध्यमिक विद्यालय धनकुटाका लक्ष्मी प्रसाद सापकोटा, श्री राष्ट्रिय माध्यमिक विद्यालय रुपैठा वेल्हीका धनेन्द्र चौधरी, श्री शिव नमुना माध्यमिक विद्यालय कावासोती, नवलपरासीका दिपक बिष्ट र शारदा माध्यमिक विद्यालय भेरी गंगा, सुर्खेतका जितेन्द्र वलीले प्राप्त गर्नुभएकाे छ। यी पुरस्कारहरुकाे राशी नगद रु ७५ हजार रहेको छ। त्यस्तै विभिन्न विधामा देशभरिबाट ४० जना व्यक्तित्वहरु पुरस्कृत हुनुभएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    सम्पत्ति शुद्धीकरण आरोपमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ।

    Techie IT