Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारसबै पार्टीका नेताले विकासमा प्रतिस्पर्धा गर्ने हाे भने सिन्धुपाल्चोककाे विकास हुन्छ – पूर्वमन्त्री बस्नेत

    सबै पार्टीका नेताले विकासमा प्रतिस्पर्धा गर्ने हाे भने सिन्धुपाल्चोककाे विकास हुन्छ – पूर्वमन्त्री बस्नेत


    सिन्धुपाल्चोक/ ७ भदाै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री माेहनबहादुर बस्नेतले सबै पार्टीका नेताले विकासमा प्रतिस्पर्धा गर्ने हाे भने सिन्धुपाल्चोककाे विकास हुन्छ भन्ने बताउनुभएको छ। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले विहिबार यहाँ आयाेजना गरेको आर्थिक वर्ष २०८०/०८१ काे विकास निर्माण सम्बन्धि वार्षिक समिक्षामा मन्तव्य राख्नुहुँदै उहाँले कांग्रेस, एमाले, माओवादीलगायत राजनीतिक दलका धेरै नेताहरु रहेको सिन्धुपाल्चोकमा फरकफरक याेजनमा बजेट ल्याएर काम गर्न सके जिल्ला विकास चाँडै हुने बताउनुभएको हाे ।
    “जिल्ला समन्वय समितिमा विकास बजेट हुँदैन, संघीय सरकार र प्रदेश सरकारसंग समन्वय गर्ने नै हाे, मैले एउटा निर्वाचन क्षेत्रबाट जितेको भएपनि यहाँका दुवै क्षेत्रका काम गर्नुपर्छ, शिक्षा हाेस् या स्वास्थ्य क्षेत्र हाेस्, अथवा अन्य विकासका काम हाेस्, सबैमा मैले काम गर्दै आएकाे छु, अब पनि गर्छु।” उहाँले भन्नुभयो ।
    उहाँले शिक्षा र स्वास्थ्यमा अगाडि रहेका ठाउँकाे विकास छिटो हुने भन्दै अरु जनप्रतिनिधिहरुलाई पनि शिक्षा र स्वास्थ्यमा बढि जाेड दिन आग्रह गर्नुभयाे । उहाँले आफू स्वास्थ्य मन्त्री हुँदा देश र सिन्धुपाल्चोकका लागि समेत धेरै महत्त्वपूर्ण निर्णय गरेको बताउनुभयाे ।
    कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री मसिना खड्का, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियाे । 




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT