Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचार२४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

    २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा


    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा चार लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १४० जना चालकलाई कारबाही गरिएको छ। त्यसैगरी, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ११६ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३८ जना तथा तीव्र गतिमा सवारी चलाउने २८४ जना चालक कारबाहीमा परेका छन्।

    यस्तै, लेन अनुशासन पालना नगर्ने ८५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०६ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२४ जना र एकतर्फी सडकमा सवारी चलाउने ११६ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।

    यसका अतिरिक्त अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ३३५ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक सुरक्षालाई सुदृढ बनाउन नियमित निगरानी तथा कारबाही अभियान जारी रहने कार्यालयले उल्लेख गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले…

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको

    २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका

    Techie IT