शेखर गोल्छा पक्राउविरुद्धमा दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई सकियो
काठमाडौं । उद्यमी व्यवसायी शेखर गोल्छा पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।
श्रीमानलाई कानुनविपरीत थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती सिमा गोल्छाले सोमबार रिट दायर गरेकी थिइन्। सो रिटमाथि न्यायाधीश नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भएको हो। सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना रहेको छ।
यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत बिहीबार गोल्छालाई पक्राउ गरेको थियो। पक्राउपछि काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको चेतावनी
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने
- ४ आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
- ५ नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- ६ गाउँ फर्किने सपना देखाउने फिल्म ‘पहाड’
- ७ दक्षिणपूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, थप ५३ जनालाई ल्याउने तयारी

तपाईको प्रतिक्रिया दिनुहोस