Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख २ बुधबार

    अपडेट
    गृहपृष्ठमुग्लान विशेषवैदेशिक रोजगारीमा जानेहरुले जान्नैपर्ने ३० कुरा

    वैदेशिक रोजगारीमा जानेहरुले जान्नैपर्ने ३० कुरा


    ललितपुर/ ६ भदौ, वैदेशिक रोजगारीप्रति नेपालीहरु बढी आकर्षित छन् । गाउँ शुन्य पारेर परदेशी हुने युवाहरुको संख्या दिनानुदिन बढ्दो छ ।
    दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेका युवाहरुको लागि विदेश राेजगारीकाे प्रमुख गन्तव्य बनेको छ। नेपाली कामदारहरुको लागि मलेसिया, दुबई, साउदी अरब, कुबेत, बहराइन आदि मुलुकहरू रोजगारीको आकर्षक गन्तब्यको रुपमा रहेका छन् । अमेरिका अस्ट्रेलिया क्यानडा लगायतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् ।

    वैदेशिक रोजगारीमा जानेहरुले धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ। वैदेशिक रोजगारीमा जाने बेला सानातिना कुराहरुको बेवास्ता गर्दा कहिलेकाही ठूलो समस्या पनि झेल्नुपर्ने हुन्छ ।

    वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिएको, विदेशमै अलपत्र परेको, एक ठाउँ भनेर जाँदा अर्कै ठाउँ परेको, भनेजस्तो तलब नपाएको जस्ता गुनासाहरु धेरै आउने गरेको पाइन्छ । कतिपय व्यक्तिहरुलाई आफुले गर्ने काम, तलब र सुविधाका बारेमा समेत थाहा हुँदैन । जसले गर्दा उनीहरु ठगिने गरेका छन् ।
    त्यसैले वैदेशिक रोजगारीमा जानुअघि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । त्यस्ता धेरै कुराहरू मध्ये थाहा पाउनुपर्ने वैदेशिक रोजगारमा जाने कामदारहरुले जान्नैपर्ने कुराहरुलाई हामीले यहाँ समेट्ने प्रयास गरेका छाैं :
    १. आफू कुन देश जाने हो सो देशकाे भाषा, संस्कृति, रहनरहनबारे जान्नु अत्यन्तै जरुरी हुन्छ ।
    २. केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानेरबुझेर मात्र जानु पर्दछ
    ३.वैदेशिक राेजगारीमा जाँदा लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरी लाभ हुने काममा मात्र जानु पर्दछ।
    ४. घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ ।
    ५. वैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जानु पर्दछ ।
    ६. वैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ । विमा गर्दा कामदारलाई र उसको परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।
    ७. वैदेशिक रोजगारमा जाँदा विस्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फ जानु पर्छ । व्यवसायिक वा ख्ष्कष्त भिसामा जानु हुदैन । जानी जानी गलत कागजात बनाई जानु हुँदैन ।
    ८.घर परिवारसँग सल्लाह गरी मानसिक रुपमा तयार हुनु पर्दछ ।
    ९. वैदेशिक रोजगारमा जानका लागि कुनै एजेन्ट वा कम्पनीलाई लाग्ने पैसा बुझाएपछि साे व्यहोरा खुलाई भरपाई लिनु पर्दछ । कति खर्च लाग्छ राम्ररी बुझनु पर्छ ।
    १०. पैसा लिएर भरपाई दिन आनाकानी गरेमा ठगीकै नियत भएको बुझ्नु पर्छ ।
    ११. स्वदेशी विमानस्थलवाट मात्र जानु पर्दछ । अन्य देश वा छिमेकी देशको बाटो गरेर जानु हुँदैन । बेचिन वा ठगीमा पर्न सकिन्छ ।
    १२. आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनु पर्छ । यसका लागि पूर्व तयारी गर्नुपर्छ ।
    १३. प्रस्थान अभिमुखीकरण तालिम अनिवार्य रुपमा लिनु पर्दछ ।
    १४. वैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथमा राख्नु पर्छ ।
    १५. वैदेशिक रोजगारको क्रममा ठगीमा परे वैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ । वैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा वैदेशिक रोजगार बिभाग र वैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरी बुझ्न सकिन्छ ।
    १६. आम सञ्चार माध्यमले प्रकाशन गरेको वैदेशिक रोजगारको सूचना र विज्ञापन सही भए नभएको बुझ्नु पर्दछ । गलत विज्ञापन गरी पैसा उठाएर ठगी गर्न पनि सक्छन ।
    १७. सरकारले निषेध गरेको देशमा र काममा जानु हुदैन ।
    १८. वैदेशिक रोजगारका लागि गएका कामदार कानूनी अवस्था र परिस्थितिकाे बारेमा पनि जानकार हुनुपर्छ । कतिपय देशहरुमा बेलाबेलामा भड्किने गरेका आन्तरिक द्वन्द्वका कारण धेरै नागरिकहरुले दु:ख पाउनुपर्ने अवस्था पनि सृजना भएको पाइन्छ, यस बिषयमा पनि सचेत रहनुपर्छ।
    १९. काम गर्न जाने मूलुकको नेपाली राजदूतावास, श्रम सहचारी, संघ गैर आवासीय नेपाली एवं नेपाली संघ संस्था आदिको सम्पर्क ठेगाना फोन आफ्नो साथमा राख्नु पर्छ । अप्ठ्यारो र कठिनाई पर्दा सम्पर्क गर्न सजिलो हुन्छ ।
    २०. बिदेशमा रहदा नेपाली राजदूतावास, नेपाली संघसंस्था र आफ्नो घर परिवारको नियमित सर्म्पर्कमा रहनु पर्दछ । यसो गर्दा अप्ठारो पर्दा उद्धार गर्न सजिलो हुन्छ । मानसिक तनाव न्यून गर्न सकिन्छ।

    २१. काम गरिरहेको वा काम गर्न गएको कम्पनी छोडी अन्यत्र काम गर्न जानु हुदैन । कतिपय देशमा यस्तो गरेमा गैर कानूनी भइन्छ, जेल सजाय पनि हुन सक्दछ ।
    २२. करार अवधि सकिएपछि स्वदेश फर्किएर पुन बिमा गराई श्रम स्वीकृति लिएर जानु पर्छ, अन्यथा दुर्घटना पर्दा बिमा र अन्य आर्थिक सहायताको सुविधा पाइदैन ।
    २३. सम्झौता गरेको भन्दा फरक कम्पनीमा, फरक काममा, कम पारिश्रमिकमा काम लगाएको छ भने तुरुन्त नेपाली दूतावास, वैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्छ । आफू खुसी अन्यत्र काम गर्न जानु हुँदैन ।
    २४. कोठामा बस्दा वा सुत्दा ए.सी.को सही किसिमवाट प्रयोग गर्नु पर्दछ । थाहा नभएको काम कुरा सिकेर जानेर मात्र गर्नु पर्दछ ।
    २५. कमाएको पैसाको फजुल खर्च गर्नु हुँदैन, बचाएको पैसा बैंकिङ्ग च्यानलवाट पठाउनु पर्छ, व्यक्तिगत तवरवाट र हुण्डीवाट पठाउदा जोखिम (खतरा) हुन्छ ।
    २६. आफ्नो स्वास्थ्य र क्षमताको ख्याल गरेर काम गर्नुपर्छ, क्षमता भन्दा बढी ओभरटाइम काम गर्नु हुंदैन ।
    २७. खास गरी खाडी मुलुकमा जाँदा पान मसाला, पराग, मर्चा तथा अन्य सुर्तिजन्य पदार्थ, मदिरा लैजान र र्सार्वजनिक स्थानमा प्रयोग गर्न प्रतिवन्ध छ ।
    २८. जान लागेको देशमा प्रतिवन्धितलसामान लुकाई लगेमा, विक्री गरेमा वा प्रयोग गरेमा कडा सजाय हुन्छ । जाँड रक्सी र लागू पदार्थ जस्ता कुलतका पदार्थहरु लाग्नु हुँदैन ।
    २९. सम्वन्धित मुलुकको, कम्पनीको नियमको पालना गर्नु पर्छ, अरुको धर्म संस्कृतिको सम्मान गर्नु पर्दछ । अनावश्यक झै झगडा र अरुको उक्साहटमा हडतालमा उत्रनु हुँदैन ।
    ३०. सम्वन्धित देशको ट्राफिक नियम वुझ्ने र पालना गर्नुपर्दछ ।

    यी सामान्य कुराहरु हुन्, यसका साथै देश अनुसारको राजनीतिक व्यवस्था, कानूनी अवस्था र परिस्थितिकाे बारेमा पनि जानकार हुनुपर्छ । कतिपय देशहरुमा बेलाबेलामा भड्किने गरेका आन्तरिक द्वन्द्वका कारण धेरै नागरिकहरुले दु:ख पाउनुपर्ने अवस्था पनि सृजना भएको पाइन्छ, यस बिषयमा पनि सचेत रहनुपर्छ, साथै सरकारले काम गर्न जान प्रतिवन्ध लगाएका र नेपालकाे कुटनीतिक सम्बन्ध कायम नभएका देशहरुमा राेजगारका लागि जानु अत्यन्तै घातक सिद्ध समेत हुनजान्छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आजदेखि ७५३ स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

    काठमाडौं । आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय

    दुई दशकपछि मुख्यमन्त्रीको कुर्सीबाट ओर्लिए नितिश कुमार

    काठमाडौँ।भारत, बिहारको राजनीतिका प्रभावशाली नेता नितिश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।  राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले गठबन्धनको विधायक

    उपत्यकामा चल्यो रात्रिकालीन साझा बस

    काठमाडौँ।काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरू गरिएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रूटमा सेवा सञ्चालन

    सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक

    काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को

    आजदेखि नयाँ वर्ष २०८३ साल सुरु, हर्षोल्लासका साथ मनाइँदै

    काठमाडौँ । विक्रम संवतको पात्रोअनुसार आजदेखि २०८३ नयाँ वर्ष शुरु भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई

    उपसभामुखले गरिन पदभार ग्रहण

    काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् ।सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् । पदभार

    Techie IT