विश्वका प्रदूषित शहरको एक नम्बरमा काठमाडौँ
काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै वायु प्रदूषणको मात्रा बढेको छ। बिहीबार काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ।
वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने IQAir का अनुसार दिउँसो ४:१५ बजे काठमाडौँको एयर क्वालिटी इन्डेक्स (AQI) २०४ पुगेको छ, जुन ‘कमजोर’ श्रेणीमा पर्छ।
यससँगै काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण भएको शहरको सूचीमा पहिलो स्थानमा पुगेको हो। काठमाडौँपछि पाकिस्तानको लाहोर दोस्रो स्थानमा रहेको छ, जहाँ AQI १५१ मापन गरिएको छ।
वायु गुणस्तर सूचकअनुसार ० देखि ५० सम्म ‘राम्रो’, ५१ देखि १०० ‘सन्तोषजनक’, १०१ देखि २०० ‘चिन्ताजनक’, २०१ देखि ३०० ‘कमजोर’, ३०१ देखि ४०० ‘अति कमजोर’ र ४०१ देखि ५०० ‘अति घातक’ मानिन्छ।अहिलेको अवस्थामा ‘मर्निङ वाक’लगायतका, बाहिरी शारीरिक व्यायाम गर्न नहुने, र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, विज्ञहरूको सुझाव छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ७ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने

तपाईको प्रतिक्रिया दिनुहोस