काठमाडौँ । सेनेगलविरुद्धको खेलमा फ्रान्सले प्रभावशाली प्रदर्शन गर्दै ३–१ गोलको जित निकालेको छ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले आक्रामक खेल प्रस्तुत गर्यो। ६८औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले अर्को गोल थप्दै फ्रान्सको अग्रता दोब्बर बनाए।
इन्जुरी समयमा सेनेगलका इब्राहिम बायले एक गोल फर्काउँदै खेलमा फर्कने संकेत दिएका थिए। तर त्यसको केही क्षणपछि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।
यससँगै एम्बाप्पेले विश्वकपमा फ्रान्सका लागि १४ गोल पूरा गर्दै नयाँ कीर्तिमान समेत कायम गरेका छन्। फ्रान्सको यो जितले टोलीको उपाधि यात्रालाई थप बलियो बनाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ३ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
- ४ नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी
- ५ विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को जित
- ६ गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च प्राथमिकता
- ७ फिफा विश्वकप : ब्राजिल र मोरक्को १–१ को बराबरीमा, दुवैले बाँडे एक–एक अंक

तपाईको प्रतिक्रिया दिनुहोस