रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा प्रदर्शनमा आउने
काठमाडौं । चर्चित अभिनेत्री तथा निर्देशक रेखा थापा को निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते, हरितालिका तीज को अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको छ।
प्रेम, सम्बन्ध र पारिवारिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रलाई दर्शकमाझ भावनात्मक कथावस्तु बोकेको नयाँ प्रस्तुति रूपमा हेरिएको छ।
चलचित्रको निर्माण हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठले गरेका हुन्। कलाकारहरूमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतको अभिनय रहेको छ।
पटकथा ध्रुव लम्सालले लेखेका हुन् भने छायांकन सुदीप बरालले गरेका छन्। चलचित्रको वितरण रिच, एप्पल र एफडीले गर्ने भएका छन्।
निर्देशक थापाका अनुसार, ‘यो केवल प्रेमकथा मात्र होइन, जीवनका विभिन्न आयाम समेटिएको कथा हो। दर्शकले यसमा आफ्नै अनुभूति भेट्नेछन्।’
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ३ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ४ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ५ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ६ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन
- ७ बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस