Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ९ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचाररुपन्देहीमा आजपा उम्मेदवार राधेश्याम गुप्ताको घरदैलो कार्यक्रम तिब्र, मोबाइलमा मतदान गर्न अपिल

    रुपन्देहीमा आजपा उम्मेदवार राधेश्याम गुप्ताको घरदैलो कार्यक्रम तिब्र, मोबाइलमा मतदान गर्न अपिल


    भैरहवा, १६ फागुन । आम जनता पार्टी (आजपा) का नेता एवं रुपन्देही– ३ का उम्मेदवार राधेश्याम गुप्ताले रुपन्देही सहित समग्र लुम्बिनीको विकासको जिम्मेवारी अब आजपाले लिने बताएका छन् ।

    भैरहवामा आज घरदैलो, भेटघाट एवं छलफललाई तिब्रता दिदै गुप्ताले समग्र लुम्बिनीको विकासका लागि आम जनताले मोबाइलमा मतदान गर्न तयार रहेको बताए । रुपन्देहीको ५ वटै क्षेत्रमा रहेका उम्मेदवारहरुले चुनावी गतिविधिलाई तिब्रता दिदै घरदैलो अभियानमा जुटेका छन् ।

    रुपन्देही–१ बाट बदरु दोजा फकिर, रुपन्देही–३ बाट राधेश्याम गुप्ता, रुपन्देही–४ बाट ज्योति थापा र रुपन्देही–५ बाट खेमप्रसाद गुरुङले चुनावी भेटघाट एवं छलफललाई तिब्रता दिएका छन् ।

    रुपन्देहीको समग्र विकासका लागि भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टलाई चलायमान बनाउने, बेलहिया नाकाको सुरक्षा चुनौतिलाई व्यवस्थित बनाउने, रुपन्देहीको उधोगव्यवसायलाई सुरक्षित एवं व्यवस्थित बनाउदै स्वदेशमै रोजगारीको सृजना गर्ने लगायतका बिषय आजपाका उम्मेदवारले एजेण्डाको रुपमा अगाडी सारेका छन् ।

    ‘स्थिर, सुशासन र विकासका लागि अबकी बार आजपा सरकार । जनउतरदायी लोकतान्त्रिक अभ्यास र सिस्टम सुधार एवं सुशासनका आधार नै मोबाइल छाप हो । दलतन्त्र बिरुद्ध आम जनताको सरकार अहिलेको आवश्यक्ता हो,’ रुपन्देही–३ का उम्मेदवार गुप्ताले भने ।

    जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, लुटेरा तथा हाईज्याकरलाई पहिचान गरी जेनजीको माग सम्बोधन गर्नका लागि मोबाइल छापमा मतदान गर्न आजपाका उम्मेदवारले अपिल गरेका छन् । उनीहरुले अहिलेको सिस्टममा सुधारका लागि आजपाका उम्मेदवारलाई बिजयी बनाउनका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फको मतपत्रमा मोबाइलमा मतदान गर्न आम मतदातासंग आग्रह गरेका छन् ।

    अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, सरकारपिच्छेको मनोमानी कर आतंक, अनियमितताको अन्त्यका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, खानेपानी लगायतको विकास एवं निशुल्क सेवा लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरु एकजुट भएर मोबाइल छापमा मतदान गर्नुपर्ने रुपन्देही–३ का उम्मेदवार गुप्ताले भने ।

    आजपाका उम्मेदवार बिजयी भए र पार्टीको सरकार बनेपछि शिक्षा, स्वास्थ्य, बिजुलीबती, खानेपानी लगायतका सम्पूर्ण सेवाहरु निशुल्क उपलब्ध गराउने प्रतिबद्धता आजपाले घोषणापत्रमा उल्लेख गरेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अन्तर्राष्ट्रिय वीलभयूद्वारा ‘९३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न

    काठमाडौं, ९ भदौ: बागमती प्रदेशको काठमाडौमा जीवन बचाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरियो । अगस्ट २३ तारिखमा, अध्यक्ष जाङ गिल जा

    गुञ्जनगर पतञ्जली साधना केन्द्रद्वारा दिब्य बनभाेज तथा पदयात्रा सम्पन्न

    चितवन/ ९ भदौ: भरतपुर-१८, गुञ्जनगर, चितवन स्थित गुञ्जनगर पतञ्जली साधना केन्द्रद्वारा भरतपुर-१८, चितवनकै पर्यटकीय पार्क गुञ्जनगर ग्रिनपार्क परिसरमा ब्यायाम, प्रणायम

    हर्क राईको माग : प्रधानमन्त्रीको निजी भ्रमणबारे संसद्मा जवाफ दिनुपर्छ

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको भनिएको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    Techie IT