Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १३ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिरास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान


    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार पदाधिकारी पदका लागि आज राति सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदान हुने तय गरिएको छ ।

    निर्वाचन तालिकाअनुसार पदाधिकारी पदका लागि उम्मेदवारी फारम वितरण साँझ ६ः३० बजेदेखि ७ बजेसम्म हुनेछ । उम्मेदवारको प्रारम्भिक नामावली साँझ ७ः३० बजे प्रकाशन गरिनेछ भने उम्मेदवारविरुद्ध दाबी–विरोध गर्ने समय साँझ ८ बजेसम्म तोकिएको छ ।

    दाबी–विरोधमाथिको जाँचबुझ सवा ८ बजे गरिने आयोगले जनाएको छ । उम्मेदवारी फिर्ता लिने अन्तिम समय साँझ ८ः३० बजे निर्धारण गरिएको छ भने उम्मेदवारको अन्तिम नामावली साँझ पौने ९ बजे प्रकाशित गरिनेछ । त्यसपछि सवा ९ बजेसम्म मौन अवधि रहनेछ ।

    आयोगका अनुसार मतगणना राति सवा १२ बजेदेखि सवा १ बजेसम्म हुनेछ भने अन्तिम मतपरिणाम राति १ः३० बजे घोषणा गरिनेछ ।

    यसअघि आज सम्पन्न पहिलो चरणको मतदानमा करिब एक हजार महाधिवेशन प्रतिनिधि अनुपस्थित रहेपछि दोस्रो चरणको मतदान व्यवस्थापन र सहभागितालाई लिएर प्रश्न उठ्न थालेका छन् ।

    रास्वपाको विधानअनुसार पदाधिकारीतर्फ २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्री पदका लागि मात्र निर्वाचन हुने व्यवस्था छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मेनपावर कम्पनीबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

    काठमाडौं/ १२ साउन, वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना समेत

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि १० नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं, १२ साउन, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा निर्धारित राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका

    नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७–१८ मा

    काठमाडौं, १२ साउन, नेपाल प्रेस युनियनले आफ्नो १०औँ संघीय महाधिवेशन २०८३ असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको

    मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध

    काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध

    नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा…

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित

    उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत…

    काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र

    Techie IT