राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउँनका लागि सडक संघर्षको बिकल्प छैन् : प्रभु साह
काठमाडौं, ७ भदौ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले लाबरा (झुठो बोल्ने)को सारदार नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गरेका छन् ।
आजपा काठमाडौं उपत्यका विशेष कमिटीको आज काठमाडौंको कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले पार्टीले विगतमा नै कारवाही गरि निकालिसकेका व्यक्तिलाई हुदैनभएको पद भन्दै पार्टी प्रवेश गराएर झुठ र भ्रमपूर्ण कुरा गर्दै प्रचार गरिरहेको बताए ।
‘प्रधानमन्त्री र एमालेका अध्यक्ष केपी शर्मा ओलीजी भनेको लाबराहरुको सारदार हो । झुठो कुरा गर्ने, अपवाह फैलाउने, हुदै नभएको पदमा रहेको भन्दै विगतमै पार्टीले कारवाही गरिसकेकालाई पार्टी प्रवेश गर्दै भ्रमपूर्ण र झुठको प्रचारमा गर्दैछन,’ आजपा अध्यक्ष साहले भने, ‘पार्टीको विधान, नीति, कार्यक्रम बिरुद्ध लाग्ने, ठगी आरोपमा आजपाले निष्कासित गरेकालाई हुदैनभएको पदमा रहेको भन्दै पार्टी प्रवेश गराएर हल्लाफिजाउने कामले देशको कल्याण हुदैन् ।’
राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउँनका लागि सडक संघर्षको बिकल्प नभएको बताउदै उनले मुलकलाई ध्वस्त बनाउनेका बिरुद्धमा हुने आन्दोलनमा सहभागिताका लागि तयार रहन आह्वान समेत गरे ।
‘अहिले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र खतरामा छ । मुलुकलाई ध्वस्त बनाउँदै आफ्नो स्वार्थ सिद्ध गर्न खोज्नेका बिरुद्धमा सडक संघको बिकल्प छैन् । मुलुकलाई बरबाद बनाउने, ध्वस्त बनाउनेका बिरुद्धमा सडक आन्दोलनमा सहभागिताका लागि म सबैमा हार्दिक आह्वान गर्दछु,’ आजपा अध्यक्ष साहले भने ।
आजपा काठमाडौं उपत्यका विशेष कमिटीका इन्चार्ज त्रिभुवन साहको अध्यक्षतामा सम्पन्न सो बैठकमा पार्टीका सहअध्यक्ष तिलक थापामगर, उमेश कुशवाहा, धनकुमारी मगर, देवेन्द्र ठाकुर, पशाङ तामाङ, रामकेवल गुप्ता, अमर लिम्बु, रञ्जु साह, सुरेश साह, आर्या पाण्डे, देवेन्द्र ठाकु्र, निरन्जन पौडेल, राम बिष्ट लगायतको विशेष सहभागिता रहेको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस