म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा स्वतन्त्र उमेदवार महावीर पुन विजयी भएका छन् । सम्पन्न मतगणनाअनुसार २२ हजार ८५० मत प्राप्त गर्दै उनी सांसद चुनिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत पाए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार कर्णबहादुर भण्डारीले ६ हजार ६८४ मत ल्याए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार अर्जुनबहादुर थापाले तीन हजार ५२९ मत प्राप्त गरेका कार्यालयले जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ६ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ७ नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी

तपाईको प्रतिक्रिया दिनुहोस