Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिमन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु यस्ता छन्

    मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु यस्ता छन्


    काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बसेर विभिन्न निर्णयहरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले दूरगामी महत्वका साथै तत्कालीन आवश्यकताका बारेमा निर्णयहरु गरेको हो ।

    आजको बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिससहितका ४ वटा निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । प्रवक्ता पोखरेलले बैठकका निर्णयहरुबारे जानकारी दिए ।

    यस्ता छन् निर्णयहरु
    १. परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने ।

    २. भारतसँग जीटूजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

    ३. संसद् भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने ।

    ४. संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको पर्यटकीय तथा धार्मिक क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार

    भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम…

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र र

    Techie IT