Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ८ सोमबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रभारतमा दुई महिनामै चिनीको मूल्य ४० प्रतिशत बढ्यो, १० लाख टन भन्सारमुक्त आयातको अनुमति

    भारतमा दुई महिनामै चिनीको मूल्य ४० प्रतिशत बढ्यो, १० लाख टन भन्सारमुक्त आयातको अनुमति


    काठमाडौँ ।  भारतमा पछिल्लो दुई महिनामा चिनीको मूल्य करिब ४० प्रतिशतले बढेपछि सरकारले १० लाख मेट्रिक टन कच्चा चिनी भन्सार शुल्कबिनै आयात गर्न अनुमति दिएको छ।

    आन्तरिक बजारमा बढ्दो मूल्य र घट्दो आपूर्ति नियन्त्रण गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो। भन्सार शुल्कमुक्त आयातको सुविधा आगामी अक्टोबर ३१ सम्म लागू हुनेछ। भारतमा सामान्य अवस्थामा चिनी आयातमा १०० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था छ।

    नजिकिँदो चाडपर्वका कारण चिनीको माग अझ बढ्ने अनुमान गरिएको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले बजारमा आपूर्ति सहज बनाउन ठूलो परिमाणमा चिनी आयातको अनुमति दिएको हो।

    समाचार संस्था रोयटर्सका अनुसार भारतले करिब एक दशकपछि पहिलोपटक ठूलो परिमाणमा चिनी आयात गर्न लागेको हो। यस वर्ष चिनीको उत्पादनमा कमी आएपछि आन्तरिक बजारमा आपूर्तिको दबाब बढेको बताइएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनको मूल्य तोलामा ९ हजार ३ सयले बढ्यो, चाँदी पनि…

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९

    ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा भूमि नन्दन कर्माचार्यको उम्मेदवारी

    ललितपुर, ३ भदौ: ललितपुर उद्योग वाणिज्य संघको आगामी आश्विन २३ र २४ गते हुने ४७औँ वार्षिक साधारण सभा तथा नयाँ

    नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदै छ। साउन २६ गतेदेखि सुरु भएको ६

    नेपालमै बनेको विद्युतीय स्कुटर प्रवद्र्धनमा सरकारको साथ रहने अर्थमन्त्री वाग्लेको…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा उत्पादन भइरहेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन्

    ‘नेपालकै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ’ : अर्थमन्त्री…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देश विकास गर्ने लक्ष्यसहित सरकारले नयाँ बजेट ल्याएको बताएका छन् ।

    बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

    Techie IT