Techie IT
  • The Film Nepal
  • २०८३ असार ३ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारबैतडीका आजपा उम्मेदवार बोहराको प्रतिबद्धता : जिल्लाभरी निशुल्क घुम्ती अस्पताल र एम्बुलेन्सको व्यवस्था गर्ने

    बैतडीका आजपा उम्मेदवार बोहराको प्रतिबद्धता : जिल्लाभरी निशुल्क घुम्ती अस्पताल र एम्बुलेन्सको व्यवस्था गर्ने


    बैतडी, ७ फागुन । आम जनता पार्टी (आजपा)का नेता एवं बैतडी–१ का उम्मेदवार विसन सिंह बोहराले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । बैतडी सहित समग्र सुदुरपश्चिमको विकासका लागि सबै पार्टीमा रहेका राम्रा मान्छेहरु एकजुट भएर आजपाका उम्मेदवारलाई बिजयी गराउन उनले आग्रह गरेका छन् ।

    बैतडीको गोकुलेश्वरमा बोहराले मतदातसंग भेटघाट गर्दै बैतडीको समग्र विकासका लागि मोबाइल छापमा मतदान गर्न अपिल गरेका छन् । बैतडीको विभिन्न ठाउँमा पुगेर आम मतदातासंग चुनावी गतिविधिका बारेमा छलफल गर्दै मोबाइल छापमा मतदान गर्न उनले आग्रह गरेका छन् ।

    प्रत्यक्ष निर्वाचित प्रधामन्त्री र मुख्यमन्त्री, पूर्ण डिजिटल प्रशासन, भ्रष्टाचारीको सम्पती राष्ट्रियकरण गर्ने, एक घर एक रोजगारीको ग्यारेन्टी गर्ने, निशुल्क स्वास्थय र गुणस्तरीय शिक्षा, किसानलाई मासिक पेन्सन र सिँचाईको व्यवस्था, गरिब र दलितलाई पक्की आवास, कर घटाऔँ र घुस हटाऔँ (मौलापुर मोडेल), सांसदलाई फिर्ता बोलाउने अधिकार (राइट टु रिकल), जेनजीको सम्मान र समृद्ध नेपाल निर्माण गर्नु नै आफ्नो उम्मेदवारीको प्रमुख एजेण्डा रहेको बोहराले जनाएका छन् ।

    बैतडी सहित सुदुरपश्चिममा पानी, बिजुली, शिक्षा र स्वास्थय निशुल्क गर्दै शुन्य कर तथा भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्दै रौतहटको मौलापुरमा भएको विभिन्न सेवा सुविधाहरु बैतडीका बासिन्दालाई समेत उपलब्ध गराउने उदेश्य आफ्नो रहेको बोहराले जनाएका छन् ।

    यसैगरी पार्टीको घोषणापत्र अनुसार ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने, नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना पुरा गर्ने उनले जनाएका छन् । हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको ग्यारेन्टी आजपाले गरेको छ ।
    यसैगरी बैतडीलाई भ्रष्टाचारमुक्त सहित भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने, अनावश्यक दोहोरो कर हटाउने, बिजुलीबती, पानी नपुगेको ठाउँहरुमा पुर्याउने, बैतडीको प्रर्यटन विकासका साथै जिल्लाभरी निशुल्क घुम्ती अस्पताल र एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता बोहराले गरेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    Techie IT