Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १३ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारप्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने; विनियोजन र राष्ट्र ऋण विधेयक पेश गरिने

    प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने; विनियोजन र राष्ट्र ऋण विधेयक पेश गरिने


    काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

    बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित “आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव पेश गर्नेछन् । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिने कार्यसूची तय गरिएको छ ।

    यसैगरी, अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नुका साथै उक्त विधेयक संसदमा प्रस्तुत गर्नेछन् । त्यस्तै, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित उक्त विधेयक पनि संसदमा पेश गरिनेछ ।

    बैठकमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र सो विधेयक पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

    त्यसैगरी, सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रिय सभाबाट उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

    आजको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको मनोनयनबारे जानकारी गराउने कार्यक्रम रहेको छ । साथै, वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभाबाट निर्धारित अवधिभित्र फिर्ता नभएको जानकारी पनि सभामुखले गराउने कार्यसूचीमा समावेश छ ।

    यद्यपि, प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका कारण नियमित संसदीय कार्यसूची प्रभावित हुने सम्भावना रहेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ

    काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले

    नारायणी अस्पताल घटनाको विरोधमा देशभरका अस्पतालमा सेवा प्रभावित

    काठमाडौं। नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीलाई कानुनबमोजिम कारबाही

    मेनपावर कम्पनीबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

    काठमाडौं/ १२ साउन, वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना समेत

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि १० नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं, १२ साउन, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा निर्धारित राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका

    नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७–१८ मा

    काठमाडौं, १२ साउन, नेपाल प्रेस युनियनले आफ्नो १०औँ संघीय महाधिवेशन २०८३ असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको

    मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध

    काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध

    Techie IT