Techie IT
  • The Film Nepal
  • २०८३ असार १४ आईतवार

    अपडेट
    गृहपृष्ठस्वास्थ्यप्याजको सेवनले बचाउँछ यस्ता रोगहरूबाट

    प्याजको सेवनले बचाउँछ यस्ता रोगहरूबाट


    काठमाडौं/ १२ कातिक, प्याजको प्रयोग हाम्रो भान्सामा हरेक दिन भइरहेको हुन्छ । यसले तरकारी र अचारमा स्वाद बढाउने काम गर्छ ।
    योसँगै भान्सामा प्रयोग हुने प्याजले हाम्रो शरीरलाई रोगसँग लड्ने क्षमताको विकास गरिरहेको हुन्छ । आज हामी कुरा गर्दै छौ प्याजका औषधीय गुणहरूको विषयमा ।
    ~ रुघाखोकीको सामान्य लक्षण देखिए लगत्तै एक दुईवटा सामान्य आकारको प्याज दिनमा दुईतीन पटक काँचै खाँदा रुघाखोकी तुरुन्तै ठिक हुन्छ । ज्वरो तथा रुघाखोकी निको पार्नका लागि प्याजको परम्परागत प्रयोग तथा प्याजका एन्टीभाइरल गुणहरू विभिन्न अनुसन्धानहरूले समेत पुष्टि गरिसकेको छ ।
    ~ प्याजको सेवनले प्रतिरोधात्मक क्षमता बढाउँछ । यसको नियमित सेवनले अनुहारमा नरमपन ल्याउनुका साथै आँखाको ज्योति बढाउँछ ।
    ~ यसमा भिटामिन सी, फलाम जस्ता बहुमूल्य खनिज पदार्थ तथा पोषक तत्त्व पाइन्छ ।
    ~प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।
    ~गर्मी मौसममा काँचो प्याज खाँदा लू लाग्ने सम्भावनाबाट बचाउँछ ।
    ~ काँचो प्याजको रसले पैतालामा र हातको हत्केलामा दल्दा लूबाट बच्न सकिन्छ ।
    ~ पत्थरीको समस्यामा खाली पेट दुई चम्चा काँचो प्याजको रस पिउँदा फाइदा पुग्छ ।
    ~ प्याजमा भएका रेसाहरू पेटको रोगका लागि लाभदायक मानिन्छन् । दिनदिनै एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनप्रक्रियाले पनि सुचारु रूपमा काम गर्दछ । प्याजमा भएको मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न सफल हुन्छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता…

    काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला

    नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै

    काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन…

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि

    कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस,…

    काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको

    आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै

    भरतपूर ।नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ ।‘आधुनिक, सुलभ, किफायती र

    चितवनमा १३ जनामा औलो संक्रमण पुष्टि

    नारायणगढ। चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् ।औलो रोग संक्रमणको आशंकामा उपचारका लागि आएका

    Techie IT