Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १८ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारपश्चिमी वायुको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना


    काठमाडौँ ।   जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायूसँगै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।

    हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली छ। गण्डकीका केही स्थान, बागमती र लुम्बिनीका थोरै स्थान तथा कोशी र मधेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। यी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ।

    आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका पहाडी तथा हिमाली भू–भागसहित अन्य हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

    काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ

    वैशाख पूर्णिमाः बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणसँग जोडिएको ऐतिहासिक दिन

    काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान्

    कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?

    काठमाडौँ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेगनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा

    शान्तिका लागि साइकल यात्रा

    काठमाडौं । विश्व शान्ति र मानव कल्याणको कामना गर्दै २५७० औं बुद्ध पूर्णिमाका अवसरमा ‘‘युनिभर्सल पिस स्याङ्चुरी’ले आयोजना गरेको ‘शान्तिका

    राष्ट्रपतिद्धारा सार्वजनिक खरिद अध्यादेश जारी

    काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नै अर्को अध्यादेश पनि जारी गरेका छन् ।राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सार्वजनिक खरिद (दोस्रो

    झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार

    काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको

    Techie IT