Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ८ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारन्याय परिषद्‌ नियमावली २०७४ खारेज गर्न नेपाल बारको माग

    न्याय परिषद्‌ नियमावली २०७४ खारेज गर्न नेपाल बारको माग


    काठमाडौं। नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली, २०७४मा गरिएको पहिलो संशोधन खारेज गर्न माग गरेको छ । सोमबार बारले विज्ञप्ति निकाल्दै उक्त संशोधनले न्यायाधीश नियुक्तिमा विभेद गरेको र संविधान विपरीत रहेको भन्‍दै खारेज गर्न माग गरेको हो।

    ‘न्याय परिषद्‌ नियमावली, २०७४मा गरिएको संशोधन, जसले लामो समयदेखि सेवा गरी आएका न्यायाधीशहरूको वरीयता क्रममा फेरबदल गरेको छ, तुरून्त खारेज गरियोस्। यो संशोधन फिर्ता नभएसम्म कुनै पनि तहमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि नढाइयोस्।’ बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    यस्तै न्यायपालिका स्वतन्त्र, सक्षम र निष्पक्ष हुन न्यायाधीश प्रक्रियामा जोड दिँदै बारले न्‍याय परिषद्‌ पद रिक्त हुनुभन्दा एक महिना अगावै न्‍यायाधीश सिपदमा सिफारिस गर्नुपर्नेमा संवैधानिक बाध्यतालाई आफ्नो रूची अनुसार प्रयोग गर्दै आएको बारको भनाई छ ।

    बारका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै परिषद्को ध्यानाकर्षण गराएका हुन्। बारले संविधान संरक्षण गर्ने, न्यायाधीशको नियुक्तिको सिफारिस गर्ने निकायले नै संविधानको पालना नगरेको भन्‍दै न्यायपरिषदलाई तीन बुँदामा ध्यानाकर्षण गराएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरण अद्यावधिक तथा त्रुटि सच्याउन सम्बन्धित मतदातालाई अनुरोध गरेको छ । आयोगका सहसचिव

    राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ

    -शोभाखर भण्डारी नेपालमा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधिहरू सुस्त बन्दै गएका छन्। उद्योग, व्यापार, घरजग्गा कारोबार तथा सेयर बजारमा देखिएको मन्दीले

    १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का…

    काठमाडौं  ५ भदौ: नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर

    Techie IT