Techie IT
  • The Film Nepal
  • २०८३ असार १९ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारनेपालमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि, जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

    नेपालमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि, जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए


    काठमाडौं ।  सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार हवाईमार्गबाट आउने पर्यटक संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो ।

    गत वर्ष जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए भने कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ पर्यटक आगमन भएको थियो । यस आधारमा हेर्दा, यस वर्षको जुनमा पर्यटक आगमन २२.०१ प्रतिशतले बढेको देखिन्छ ।

    जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो । भारतबाट मात्रै ४१ हजार ८०९ पर्यटक नेपाल आएका छन् ।

    अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो । चीनबाट ८ हजार ८७५, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ पर्यटक नेपाल आएका छन् ।

    युरोपबाट १३ हजार ११९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । युरोपेली मुलुकमध्ये बेलायतबाट ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ र फ्रान्सबाट १ हजार २६७ पर्यटक आएका छन् ।

    अमेरिकी महादेशबाट ६ हजार ९५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हो । यस अवधिमा संयुक्त राज्य अमेरिकाबाट ५ हजार २३७, क्यानडाबाट १ हजार २९८ तथा ब्राजिलबाट २१९ पर्यटक आएका छन् ।

    त्यस्तै, ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो । अष्ट्रेलियाबाट २ हजार ६९४ तथा न्यूजिल्यान्डबाट ३९० पर्यटक नेपाल आएका छन् । अफ्रिकाबाट ६७४ तथा मध्यपूर्वबाट २९२ जना पर्यटक नेपाल आएका छन् ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाले पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान तथा प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसारका कारण नेपालप्रति विदेशी पर्यटकको आकर्षण बढिरहेको बताए । उनका अनुसार नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविले पनि पर्यटक आगमनमा सकारात्मक प्रभाव पारेको छ ।

    पर्यटन बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोपलगायत प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    थमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ, उच्च…

    काठमाडौं । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा प्रहरीले पक्राउ

    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति रोक्का गरिने

    काठमाडौं । सरकारले उचित कारण बिना पेट्रोलपम्प बन्द गरेर इन्धन आपूर्ति असहज बनाउने व्यवसायीमाथि कडा कारबाही गर्ने कानुनी व्यवस्था लागू

    सम्पत्ति शुद्धीकरण कानुन राजनीतिक हतियार बन्नुहुँदैन : अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका

    चितवनमा अनुमति बिना कालो स्टिकर प्रयोगमा रोक, १५० सवारीसाधनबाट हटाइयो

    काठमाडौं । चितवनमा अनुमति बिना सार्वजनिक तथा निजी सवारीसाधनमा कालो स्टिकर प्रयोग गर्न रोक लगाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय

    नेपाल–अष्ट्रेलिया सहकार्य विस्तारमा जोड, डिजिटल रूपान्तरण र छात्रवृत्ति वृद्धि विषयमा…

    काठमाडौँ|  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका

    राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनपछि नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् ।

    Techie IT