Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ८ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारनिर्वाचन सत्य र असत्यको लडाई भएकाले आम मतदाताले रियललाई मतदान गरौं : प्रभु साह

    निर्वाचन सत्य र असत्यको लडाई भएकाले आम मतदाताले रियललाई मतदान गरौं : प्रभु साह


    कलैया, २० माघ आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन फेक र रियलबीचको लडाई भएकाले जनताले फेकुहरुलाई हराउनैपर्ने बताएका छन् ।

    बाराको बारागढी गाउँपालिकाको खोपवा बजारमा आज निर्वाचन परिचलान कमिटीको विशेष प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले फेक र झुठा कुरा गर्ने नेतालाई जनताले आम निर्वाचनमा बहिष्कार गर्नुपर्ने बताए ।

    ‘अहिलेको चुनाव फेक र रियलको लडाईं हो, जनताले फेकुहरुलाई हराउनैपर्छ । अहिले फेक नेता र तीनका फेक एजेण्डाको चर्चा गरिँदैछ, यो देशको लागि सर्वाधिक घातक कुरा हो । सोसल मिडियामा स्टन्ट गर्ने, फेक आईडीबाट झुठो प्रचार गर्नेहरुको दबदबा छ, यसलाई चिर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।

    फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सत्य र असत्यको लडाई भएकाले आम मतदाताले रियललाई मतदान गरेर बिजयी बनाउने र फेकुहरुलाई बहिष्कार गर्नुपर्ने उनले बताए ।

    रास्वपा नेता समेत रहेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई लक्षित गर्दै साहले भने, ‘देशकै ठूलो र धनी महानगरको नेतृत्व गर्दापनि विकासको मोडेल दिन नसक्ने बालेनजीले अहिले प्रधानमन्त्री बन्ने सपना देखेर नक्कली कुरा गर्दैछन् । यस्ता नक्कलीहरुलाई आम जनताले निर्वाचनबाटै बहिष्कार गर्नुपर्छ ।’

    काठमाडौं महानगर मेयर हुँदा काठमाडौको मुहार फेर्न नसक्नेले देश बदल्छौं भनेर धाक नलगाउन चेतावनी दिदै आजपा अध्यक्ष साहले यिनीहरु नयाँ नभई टेस्टेड असफल फिगर भएको टिप्पणी गरे ।

    काठमाडौं महानगरले जनतासंग करमाथि कर लिएको तर सेवा सुविधा दिने काम नगरेको बालेनको विगत सम्झिदै आजपा अध्यक्ष साहले भने, ‘काठमाडौं महानगरले जनतासँग लिने काम गर्यो, करमाथि कर थुपार्ने काम गर्यो, बदलामा केही पनि सुविधा दिएन । संघीय राजधानी भएको महानगरमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था बेहाल र दयनीय अवस्थामा छ । गरिव उपचार नपाएर मर्ने अवस्था छ, त्यो विभेद हटाउन सकेन ।’

    उनले बालेनलाई रौतहटको मौलापुर नगरपालिकामा भएको विकासको मोडेल हेर्न अनुरोध समेत गरे । ‘बालेनलाई म मौलापूरको विकासको मोडेल हेर्न अनुरोध गर्दछु । मौलापुरले लिँदैन, खाली दिने काम गर्छ । यहाँ शिक्षा, स्वास्थ्य, पानी, विजुली सबै फ्रि छ । यहाँ नगरप्रहरी होईन, नगर शिक्षक, नगर डाक्टर राखिएको छ । मौलापुरमा दलित, सुकुम्बासीलाई पक्कीघर बनाएर दिएकोछ । तर काठमाडौंमा भगाउने काम भएको छ,’ आजपा अध्यक्ष साहले भने ।

    यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा पराजित हुने मानसिकताका कारण चुनावको मुखमा संसद् पुनःस्थापनााको भ्रम फैलाइरहेको आरोप उनले लगाए । चुनावको विकल्प नभएको बताउदै उनले चुनावबाट कोही भाग्न नहुने बताए ।

    ‘चुनावको मुखैमा आईपुग्दा पनि संसद् पूनःस्थापनाको भ्रम फैलाईनु पराजित मानसिकता हो, निर्वाचनमा श्रेष्ठता देखाउन चूनौति दिन्छु । एमालेको पराजित मानसिकताको कारण चुनावको मुखमा यस्तो हल्ला फैलाईएको छ,’ साहले भने ।

    कार्यक्रममा बारा क्षेत्र नं. १ का उम्मेदवार बिजय यादवलगायतको विशेष सहभागिता रहेको थियो । यसैगरी आजै बारा क्षेत्र- २ को निर्वाचन बिशेष कार्यक्रम गंजभवानिपुर सम्पन्न भएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित

    अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी…

    काठमाडौं | आगामी आर्थिक वर्षको बजेट तयारीबारे विषयगत मन्त्री र सचिवसँग अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफल गरेका छन् ।सोमबार अर्थ मन्त्रालयमा

    ३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने

    काठमाडौं । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ

    गौर हत्याकाण्ड बारेमा भ्रामक प्रचार नगर्न पीडितको अपिल

    काठमाडौं, ७ वैशाख । गौर हत्याकाण्ड संघर्ष समितिकी संयोजक रुपसागर उपाध्यायले गम्भीर र संवेदनशील आपराधिक घटना बारेमा भ्रामक प्रचार गर्दै

    भुपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई महामन्त्री बनाउने निर्णय गरेको छ ।आज बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय

    विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय

    Techie IT