Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठविश्वट्रम्प प्रशासनद्धारा नेपालसहित ३० देशका अमेरिकी राजदूत फिर्ता

    ट्रम्प प्रशासनद्धारा नेपालसहित ३० देशका अमेरिकी राजदूत फिर्ता


    काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेपालसहित करिब ३० देशमा रहेका अमेरिकी राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।फिर्ता बोलाइएका सबै राजदूतहरू करिअर कूटनीतिज्ञ हुन्, जो पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा नियुक्त भएका थिए।

    अमेरिकी सञ्चार माध्यमहरूका अनुसार यी राजदूतहरूलाई सन् २०२६ जनवरीभित्र वासिङटन फर्किन निर्देशन दिइएको छ।अमेरिकी प्रशासनले यसलाई सत्ता हस्तान्तरणपछिको सामान्य प्रक्रिया भने पनि कूटनीतिक वृत्तमा यसलाई असामान्य र व्यापक निर्णयका रूपमा हेरिएको छ।

    नेपालसँगै श्रीलंका, फिलिपिन्स, भियतनाम, इजिप्ट, नाइजेरिया, आर्मेनिया, ग्वाटेमाला लगायत अफ्रिका, एसिया, युरोप र ल्याटिन अमेरिकाका विभिन्न देशहरूमा कार्यरत अमेरिकी राजदूतहरू फिर्ता बोलाइएका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो

    काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार

    डीआर कंगोमा इबोला संक्रमण अझै नियन्त्रणबाहिर, डब्ल्यूएचओद्वारा उच्च सतर्कता

    काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण नयाँ–नयाँ क्षेत्रमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै

    दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने…

    काठमाडौँ ।  सरकारले लागू गर्न लागेको दैनिक इन्धन मूल्य निर्धारण प्रणालीको विरोध गर्दै पाकिस्तानभरका पेट्रोल पम्प सञ्चालकहरूले बुधबार रातिदेखि देशव्यापी

    विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे

    काठमाडौं । शनिबार बिहान केप भर्डेले डेब्यू विश्वकपमा पहिलो हार ब्यहोर्दा स्टेडियममा धेरैका आँशु थामिएनन् । हो फुटबल निर्मम छ ।

    इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो

    काठमाडौँ । इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) सबै प्रकारका जहाजहरूको आवतजावतका लागि अर्को

    फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

    काठमाडौँ ।  फिलिपिन्समा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब

    Techie IT