Techie IT
  • The Film Nepal
  • २०८३ असार १४ आईतवार

    अपडेट
    गृहपृष्ठशिक्षाजापानमा रहेको ओबीजीआईको शाखा काठमाडौंमा, केएल टावरबाट सेवा सुरु

    जापानमा रहेको ओबीजीआईको शाखा काठमाडौंमा, केएल टावरबाट सेवा सुरु


    काठमाडौं/ ३ मंसिर, जापानमा मुख्य कार्यालय रहेको ओबीजीआई कन्सल्टेन्सीले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ । जापानमा अध्ययन गर्न जान चाहने विद्यार्थी र कामका लागि दक्षिण कोरिया जान चाहने नेपालीहरुलाई लक्षित गर्दै ओबीजीआईले आइतबारबाट काठमाडौंको चाबहिलमा रहेको केएल टावरबाट आफ्नो सेवा सुरु गरेको हो।

    पुर्व संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री गणेशकुमार पहाडीले ओबिजीआईको कार्यालयको सुरुवात गरेका हुन।ओबीजीआई एजुकेसन कन्सलटेन्सीले नेपालमा भाषा कक्षाको संचालन गरी जापान जान चाहने विद्यार्थीहरूको लागि अनुभवी प्रशिक्षकहरुबाट अध्ययन गराउने बताएको छ। यस्तै कोरिया जान चाहने नेपालीहरुका लागिसमेत स्तरीया भाषा कक्षा प्रदान गरेर कामका लागि दक्ष बनाउने बताएको छ।

    ओबीजीआईकि म्यानेजीङ डाइरेक्टर मनिषा मैनालीले ओबीजीआईको अनुभवी टिममार्फत आधुनिक किसिमको तालिमसमेत प्रदान गरिने भएकाले आफ्नो सेवा फरक रहने जानकारी दिइन।

    उनले जापान र कोरिया सम्बन्धी प्रशिक्षण दिएर जापान र कोरिया जान सहज हुने गरी सेवा दिइने बताइन। आफ्नो कन्सल्टेन्सीमार्फत जापान जान चाहने विद्यार्थी र अभिभावकबिच पनि अन्तर्किया गर्ने र अभिभावकलाई समेत ढुक्क बन्ने वातावरण बनाइने उनले जानकारी दिइन।

    ओबीजीआईले विद्यार्थीरूकै चाहना अनुसार जीरो लेभलबाट जापान र कोरिया सम्बन्धि प्रशिक्षण तथा नेपालमा गर्नु पर्ने तयारी तथा जापान पुगेर गर्नु पर्ने आधारभूत आवश्यक तयारीका बारे जानकारीसमेत प्रदान गर्ने बताइएको छ।

    यसैगरी अहिलेसम्म जापान पुगेका विद्यार्थीहरूको समस्यालाई मध्यनजर गरी जापानमा पनि वर्किंङ भिषा सम्मको सहयोग गर्ने तथा जापान बसाईलाई सहज र सजिलोले बनाउने गरी जापानमा रहेको ओबीजीआई को मुख्य कार्यालयले पुर्णरुपमा सहयोग गर्ने जापानमा रहेको  ओबीजीआई एजुकेसन कन्सलटेन्सीका संचालक तथा ओबीजीआई ग्रुपका अध्यक्ष सुरेश घिमिरेले जानकारी दिए।

    विगत लामो समयदेखि जापानमा नै ब्यवसाय गर्दै आएका घिमिरेले जापानमा ओबीजीआईसँगै होटल ब्यवसाय तथा मोबाईल ब्यवसायसमेत संचालन गर्दै आएका छन।

    उनले जापान पुग्ने विद्यार्थीहरुलाई आफ्नो कार्यालयले होस्टल तथा बस्नकालागी कोठासमेत सहज रूपमा ब्यवस्थापन गरिदिने, पार्ट टाइम तथा फुल टाइम कामको ब्यावस्था मिलाइ दिने गरि सहजकर्ताको कामसमेत गरिरहेको बताए।

    घिमिरेले ओबीजीआई एजुकेसन कन्सलटेन्सीमार्फत जापान जाने विद्यार्थीले आफ्नो संस्थामार्फत अभिभावकत्व प्राप्त गर्ने र जापानमा सहज तरिकाले जीवन यापन गर्न सहज हुने दाबी गरे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT