काठमाडौँ सहित देशका विभिन्न स्थानमा हावाहुरी सहित वर्षा
काठमाडौं । आज अपरान्हदेखि काठमाडौंमा पानी पर्न थालेको छ ।काठमाडौं सहित देशका अधिकाँस भागमा दिउसो पौने चार बजेदेखि वर्षा शूरु भएको हो ।बादलले ढाक्दा काठमाडौंमा अन्धकार भएर मेघगर्जनसहित असिनापानी परिरहेको छ ।
रूपन्देहीको बुटवल क्षेत्रमा शुक्रबार दिउँसै एकाएक अँध्यारो छाएको छ।दिउँसो करिब २ बजेतिर मौसम एक्कासि बदलिएपछि आकाशमा बाक्लो कालो बादल मडारिँदा केही समयका लागि रात परेजस्तो दृश्य देखिएको थियो अहिले हावाहुरी केही कम भएको छ।
चितवनमा हुरीका कारण केराखेतीमा क्षति पुगेको छ ।बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी चलेको छ। शुक्रबार दिउँसो केहीबेर हावाहुरी चलेपछि अहिले पानी पनि परिरहेको छ।
काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानामा हुरीबताससहित असिना पानीका परिरहेको छ । जल तथा मौसम विज्ञान विभागले विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
हावाहुरीका कारण हुनसक्ने सम्भावित क्षति कम गर्न अनावश्यक रूपमा घर बाहिर ननिस्कन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले मौसमी सूचनालाई बेवास्ता गर्दा नेपालमा प्राकृतिक विपदबाट हुने क्षति बढ्ने गरेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
- ७ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा

तपाईको प्रतिक्रिया दिनुहोस