Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठखेलकुदएकदिवसीय अभ्यास शृंखलाको चौथो तथा अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपालको जीत

    एकदिवसीय अभ्यास शृंखलाको चौथो तथा अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपालको जीत


    काठमाडौं । नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृंखलाको चौथो तथा अन्तिम खेलमा अमेरिकाविरुद्ध सात रनको रोमाञ्चक जित दर्ता गरेको छ । यो जितसँगै नेपालले चार खेलको शृंखलामा शतप्रतिशत नतिजा निकालेको छ । यसअघि नेपाल ‘ए’ले अमेरिकालाई तीन विकेटको हराएको थियो । टोली स्कटल्यान्डविरुद्ध पहिलो खेलमा ४५ रन र दोस्रो खेलमा डीएलएसका आधारमा नौ रनले विजयी भएको थियो ।

    आइतबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ले प्रस्तुत गरेको २६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २५७ रन बनायो ।

    अमेरिकाका सेहान जयासूर्याले ७१ रनको इनिङ खेले । उनले ६७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । शुवम रन्जानेले ४७, सन्जय जहान्गिरले ४१ र स्मित पटेलले ३३ रन जोडे । साइतेजा रेड्डी मुक्कामल्लाले १६ र मिलिन्द कुमारले १३ रन बनाए ।

    नेपालका शेर मल्लले सर्वाधिक चार विकेट लिए । उनले ७.१ ओभरमा एक मेडनसहित ३० रन खर्चिए । बसिर अहमदले तीन विकेट हात पारे । शाहब आलम र पवन सराफको नाममा समान एक विकेट रह्यो ।त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ ले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाएर२६४ रनको योगफल खडा गरेको थियो ।

    नेपाल ‘ए’का सन्दीप जोराले १११ रनको शतकीय इनिङ खेले । उनले ११५ बलमा नौ चौका र चार छक्का प्रहार गरे । बसिर अहमदले ३८, मयन यादवले २४, पवन सराफले २० र नारायण जोशीले १६ रन बनाए । अमेरिका सौरभ नेत्रावाल्करले सर्वाधिक तीन विकेट लिए । जसदीप सिंहले दुई विकेट हात पार्दा शुवम रन्जाने, मोहम्मद मोहसिन, मिलिन्द कुमार र रुसिल उगरकरको नाममा समान एक विकेट रह्यो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विश्वकप लिग–२: आज नेपाल र नामिबिया आमनेसामने, अघिल्लो हारको बदला…

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

    नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्डसविरुद्ध जारी खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिले

    विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा…

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिदेशीय सिरिजमा नेपालले आज नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दैछ। सिरिजको दोस्रो खेल नेपाली समयअनुसार

    आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको त्रिदेशीय एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ। सिरिजको पहिलो खेलमा

    अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा

    फ्रान्सलाई ६–४ ले हराउँदै इङ्गल्याण्ड विश्वकपको तेस्रो स्थानमा, साकाको ह्याट्रिक…

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान

    Techie IT