ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस
ललितपुर/ २६ मंसिर, नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ३१ जनाको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको बिहिवार बसेको वैठकको निर्णयले ललितपुरका तीन वटै क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नामहरुलाई सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको जिल्ला प्रवक्ता सन्तोष कुमार केसीले जानकारी दिनुभयो।
प्रवक्ता केसीले दिनुभएको जानकारी अनुसार क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्यद्वय मदनबहादुर अमात्य र धना खतिवडा, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, क्षेत्रीय सभापति महेश्वर थापा र बागमती प्रदेश सदस्य राजीव पौडेलको नाम क्षेत्रीय समितिले सिफारिस गरेको छ। त्यस्तै समानुपातिकतर्फ महासमिति सदस्यद्वय गीता सत्याल र मोदती केसी, महिला संघको केन्द्रीय सदस्य निरु खड्का, महाधिवेशन प्रतिनिधि राजेन्द्रराज पौडेलका साथै प्रमिला महर्जन र रेणु दुलालको नाम सिफारिस भइ आएको प्रवक्ता केसीले जानकारी गराउनुभयो। क्षेत्र नं. ३ बाट राष्ट्रिय सभातर्फ महासमिति सदस्य प्रमोद शर्मा, कांग्रेस नेता राजेन्द्र बिडारी र वेली डंगोलको नाम सिफारिस भएको छ।
त्यसैगरी ललितपुर क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको बैठकले दिवाकर नेपाल, बाबुराजा चित्रकार र ललिता खनियाको नाम सिफारिस गरेर पठाएको नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. २ का सभापति महेश खड्काले जानकारी दिनुभयो। खड्काले दिनुभएको जानकारी अनुसार समानुपातिकतर्फ रुकु सापकोटा र शान्ति महर्जन, राष्ट्रियसभातर्फ सुधालाल मुल्मी, प्रेमलाल महर्जन र प्रकाश केसीको नाम सिफारिस भएको छ।
ललितपुर क्षेत्र नं. १ को क्षेत्रीय कार्य समितिको बुधबार बसेको बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य उदय शम्शेर राणासहित पार्टीको बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, महासमिति सदस्यहरु मथुराप्रसाद घिमिरे, खोमप्रसाद घिमिरे, बिमल चन्द्र बिष्ट, महाधिवेशन प्रतिनिधि एवम् पूर्व जिल्ला सचिव रबिन्स शर्मा र महासमिति सदस्य सीता वाइवाको नाम सिफारिस गरेको क्षेत्रीय सचिव मथुरा प्रसाद शर्मा बजगाईँले जानकारी दिनुभयो।
यसैगरी, समानुपातिकतर्फ महासमिति सदस्यद्वय रामकृष्ण लामा (इन्द्र) र रिजना तुलाधरलाई सिफारिस गरिएको सचिव बजगाईँले बताउनुभयो। माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पूर्वआमन्त्रित केन्द्रीय सदस्य एवम् महासमिति सदस्य कवेल बहादुर लामाको नाम सिफारिस भएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने
- ३ आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
- ४ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ५ दक्षिणपूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, थप ५३ जनालाई ल्याउने तयारी
- ६ देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
- ७ देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

तपाईको प्रतिक्रिया दिनुहोस