राष्ट्रिय परिचयपत्र विवाद , दुई दिनको सुनुवाई पछि पूर्ण इजलासमा पठाइयो मुद्दा
काठमाडौं / १३ पुस, राष्ट्रिय परिचयपत्र विवाद अव पूर्ण इजलास(तीन न्यायाधीश) ले सुनुवाई गर्नुपर्ने भएको छ।
शुक्रवार दुई न्यायाधीशको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेपछि नयाँ वेञ्च गठन हुने भएको हो। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले विहिबार र शुक्रवार (दुई दिन) सुनुवाई पछि यस्तो आदेश गरेको हो । परिचयत्रप सम्वन्धी चार थान मुद्दा एकै ठाउँमा राखि सुनुवाई भएको थियो ।
अधिवक्ता रामबहादुर राउतसहितले शुरुमा राष्ट्रिय परिचयपत्र सवै क्षेत्रमा लागू हुन नसक्ने भन्दै रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरिम आदेश जारी भएपछि सरकार भ्याकेटको निवेदन लिएर सर्वोच्च पुगेको थियो । भ्याकेटको निवेदनपछि सर्वोच्चले दोहोरो सुनुवाई गर्दै गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने देखिएको भन्दै पूर्ण इजलासमा पठाएको हो । गम्भीर संवैधानिक व्याख्याको प्रश्न आएमा पूर्ण र वृहत्तपूर्ण इजलासमा पठाउने गरिन्छ ।
पूर्ण इजलासवाट र वृहत्त पूर्णबारे गरीने फैसलाहरु नजिर कायम हुने भएकाले यस्तो अभ्यास गर्ने गरिन्छ । संयुक्त इजलासले पनि दुई दिनको वहस सुनेपछि यसमा गम्भीर संवैधानिक व्याख्या देखिएको भन्दै पूर्ण इजलासमा पठाएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले बताए । उनका अनुसार अव तीन न्यायाधीशको नयाँ इजलासमा पेसी तोकिने छ। पूर्ण इजलासमा गएपछि यो विवाद अझै केही समय लम्विने भएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस