Techie IT
  • The Film Nepal
  • २०८३ असार १४ आईतवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियमधुमेह (सुगर)का बिरामीले नखानुस् यी फलफूल

    मधुमेह (सुगर)का बिरामीले नखानुस् यी फलफूल


    काठमाडौं/२९ कात्तिक,मधुमेह अर्थात् सुगरका बिरामीहरूले गुलियो खानेकुराहरू सेवन गर्नुहुँदैन भन्ने कुरा तपाई हामीले सुनिरहेकै कुरा हो ।
    यसैगरी चामल अर्थात् भातको सेवन पनि निकै कमै मात्रामा गर्नुपर्छ भनेर हामीले पढिरहेका हुन्छौ । आज हामी तपाईँहरूका लागी नयाँ कुरा अर्थात् मधुमेहका बिरामीहरूले खान नहुने फलफूलहरूको विषयमा पनि जानकारी गराउँछौ ।
    फलफूलमा पानी, भिटामिन, फाइबर, एन्टिअक्सिडेन्ट र विभिन्न प्रकारका पोषक तत्त्वहरू पाइन्छन्। प्राकृतिकरुपमा पाइने गुलियोपनाले शरीरलाई कुनै पनि हानि पुर्‍याउँदैन ।
    फलफूल स्वास्थ्यका लागि फाइदाजनक पनि छ । तर, मधुमेह भएका व्यक्तिहरूले कुन फलफूल खाने, कुन नखाने थाहा पाउन धेरै आवश्यक छ ।
    चेरी
    मध्यम आकारको एक कप चेरीमा १८ ग्रामसम्म चिनी हुन्छ । यदि, कोही मधुमेहका बिरामीले चेरी खान चाहन्छन् भने एकदमै कम मात्रामा खानुपर्ने हुन्छ । त्यसैगरी, तौल कम गर्न चाहने व्यक्तिहरूले पनि चेरी नखाएकै राम्रो हुन्छ ।
    अङ्गुर
    अङ्गुर पनि स्वादिलो र मिठो फलमा पर्छ । मध्यम आकारको एक कप अङ्गुरमा २३ ग्रामसम्म चिनी हुने भएकाले मधुमेहको समस्या भएका व्यक्तिले धेरै मात्रामा अङ्गुर खानु हुँदैन ।
    आँप
    फलको राजा भनेर आँपलाई लिने गरिन्छ । आँप मन नपराउने व्यक्ति सायद कमै होलान्।् । एक दाना आँपमा ४५ ग्रामसम्म चिनी हुने हुनाले मधुमेह भएका व्यक्तिले आँप खान उचित मानिँदैन ।
    एभोकाडो
    एभोकाडो स्वास्थ्यका हिसाबले एकदमै लाभदायक फल मानिन्छ। एभोकाडोमा १.२२ ग्रामसम्म चिनी हुन्छ । यसलाई हामी सलाद, टोस्ट र जुस बनाएर पनि खान सक्छौँ। एभोकाडोमा चिनीको मात्रा एकदमै कम हुने भएकाले जुनसुकै रोगका बिरामीले पनि खान सक्छन्। तर, मधुमेहका बिरामीले भने कम खादा राम्रो हुन्छ ।
    तरबुजा
    गर्मीमा सबैभन्दा बढी खाइने फलफूल मध्ये तरबुजा पनि एक हो । तरबुजामा प्रशस्त पानीको मात्रा पाइने भएकाले गर्मीयाममा बढी खाने गरिन्छ । तरबुजाले शरीरमा पानीको मात्रा र इलेक्ट्रोलाइट्सको कमीलाई पूरा गर्ने गर्दछ । एउटा तरबुजामा १७ ग्रामसम्म चिनीको मात्रा हुने भएकाले मधुमेहका बिरामीहरूले यो पनि नखाएकै राम्रो। यदि खानै पर्यो भने पनि थोरै मात्रामा खान सकिन्छ ।
    केरा
    केरालाई शक्तिको प्रमुख स्रोतका रूपमा लिने गरिन्छ । पाकेको एक कोसा केरामा १४ ग्रामसम्म चिनी हुन्छ । हामीले केरालाई नास्ताका रूपमा पनि खान सक्छौँ भने धेरै भोक लागेको र शक्ति चाहिएको समयमा पनि खान सक्छौँ । तर, मधुमेह र तौल कम गर्न चाहने व्यक्तिहरूले भने केरा सकेसम्म नखाएकै राम्रो हुन्छ ।
    अम्बा
    अम्बा प्रायः सबै मौसममा पाइन्छ। अम्बालाई स्वादिलो र मिठो फलका रूपमा लिने गरिन्छ। एउटा मध्यम आकारको अम्बामा ५ ग्रामसम्म चिनी र ३ ग्रामसम्म फाइबर पाइन्छ । यदि कसैलाई अत्यधिक मात्रामा फाइबर चाहिएको छ भने अम्बालाई नतासेर छाला सँगै खान सकिन्छ। त्यस्तै अम्बालाई हामीले जुस बनाएर पनि खान सक्छौँ ।
    नासपती
    एउटा मध्यम आकारको नासपतीमा १७ ग्रामसम्म चिनी रहेको हुन्छ । नासपती खादा रगतमा चिनीको मात्र बढ्ने सम्भावना बढी भएकाले मधुमेहका बिरामीले नासपती सकेसम्म नखाएकै राम्रो हुन्छ । खानै परे पनि थोरै खानुपर्छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT