Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियभोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा

    भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा


    ललितपुर/ २९ भदौ: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वातावरण विनास र जलवायु परिवर्तनका कारण मानवीय सङ्कट निम्तिएको बताउँदै भोलिको पुस्ताका लागि पनि जोगाइ राख्नेगरी वातावरण संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ ।

    उहाँले जलवायु परिवर्तनको असर नेपाल र नेपालमात्र नभएर हिमालय क्षेत्रमा अवस्थित देशहरुमा समेत अकल्पनीय रुपमा देखा परिरहेकोतर्फ सचेत हुँदै भावी पुस्तालाई सम्झेर वातावरण संरक्षणमा लाग्नुपर्ने बताउनुभएको हो ।

    शुक्रबार ललितपुरमा आयोजित हिमालयन क्षेत्रमा वातावरणीय परिवर्तन विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण द्रुत रुपमा हिमाल पग्लिरहेका र यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको पर्यावरणीय चक्रमा नै नकारात्मक प्रभाव पारेको धारणा राख्नुभयो ।

    जलवायु परिवर्तनको असर विशेषगरी हिमाली क्षेत्रका अतिरिक्त महिला र बालबालिकामा समेत परेकाले यी विषयमा व्यापक मात्रामा अनुसन्धान गरी आवश्यक तथ्य र सूचनाका आधारमा समाधानका उपायहरु अवलम्बन गर्नुपर्ने मन्त्री डा राणाले बताउनुभयो ।

    मन्त्री डा राणाले भन्नुभयो “प्रभावित क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्न त्यहाँका समुदाय लक्षित कार्यक्रम तत्कालै थाल्नुपर्छ, यो असर हाम्रो देशमा मात्र नभएर हिमालयन क्षेत्रमा अवस्थित देशहरुमै भइरहेकाले सबै सामूहिक रुपमा लाग्नुपर्छ ।”

    हिमाली क्षेत्रमा हिमाल पग्लिने, हिमनदी बढ्ने र हिमताल फुट्ने, भीषण बर्षा हुने र बाढी आउने गरेको बताउँदै मन्त्री डा राणाले जलवायु परिवर्तनबाट हिमाली क्षेत्र बढी जोखिममा परेकाले सो क्षेत्रलक्षित कार्यक्रमहरु सुरु गर्न अन्तर्राष्ट्रिय समुदायले ढिला गर्न नहुने तर्क गर्नुभयो ।

    जलवायु परिर्तनबाट उत्पन्न हुने र भइरहेको प्रभाव सीमाविहीन हुने भएकाले यसको असर कम गरेर हिमालको भविष्य बचाउन र यसमार्फत् समग्र मानव सभ्यताकै संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदाय नै लाग्नुपर्ने उहाको भनाई थियो ।

    मन्त्री डा राणाले अन्तर्राष्ट्रिय समुदायलाई हिमालय क्षेत्रको अस्तित्व र भविष्य जोगाउनका लागि लागिपर्न आग्रह गर्दै नेपाल सरकारले ‘सगरमाथा सम्वाद’ कार्यक्रम आयोजना गर्ने तयारी थालेको जानकारी दिनुभयो ।

    जलवायु परिवर्तनबाट नेपाल र नेपालजस्ता हिमालय क्षेत्रका देशहरुले भोग्नुपरिरहेका समस्याको अध्ययन गरी विश्व समुदायको ध्यानाकर्षण गराउन र जलवायु परिवर्तनका कारण उत्पन्न समस्यालाई कम गर्ने उपायहरुको खोजी गर्न नेपालले यो कार्यक्रम गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    सम्पत्ति शुद्धीकरण आरोपमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ।

    Techie IT