उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, अनुदान रकम असार २५ भित्र खातामा आउने
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा उखु किसानहरूले पाउनुपर्ने अधिकांश रकम चिनी मिलमार्फत भुक्तानी भइसकेको जनाएको छ। १३ वटा चिनी मिलमार्फत ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये करिब ९२ प्रतिशत रकम भुक्तानी भइसकेको सरकारको दाबी छ।
वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले विगतमा उखु किसानले भुक्तानीका लागि ६ देखि ८ महिनासम्म कुर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै यस वर्ष भने आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने प्रभावकारी व्यवस्था गरिएको बताए।
उनका अनुसार सरकारले प्रतिक्वीन्टल ७० रुपैयाँका दरले उपलब्ध गराउने करिब एक अर्ब ५२ करोड रुपैयाँ अनुदान रकम सम्बन्धित निकायमा निकासा भइसकेको छ र असार २५ भित्र किसानहरूको खातामा जम्मा हुने क्रममा रहेको छ।
बैंक खाता तथा प्यान विवरण नमिलेका कारण रोकिएका केही किसानहरूको बाँकी भुक्तानीसमेत शीघ्र उपलब्ध गराइने सरकारको १०० दिने उपलब्धि विवरणमा उल्लेख गरिएको छ।
सरकारले कृषि क्षेत्र सुधारका लागि कृषि बजार सूचना प्रणाली सञ्चालन तथा चिस्यान केन्द्र निर्माणका लागि बजेट व्यवस्था गरेको जनाएको छ। साथै, कृषकलाई ‘स्वाइल हेल्थ कार्ड’ वितरण तथा माटो परीक्षण कार्यक्रमलाई पनि तीव्रता दिइएको छ।
कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्न तीन करोड रुपैयाँसम्मको कृषि कर्जामा रहेको जोखिम भार ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरिएको सरकारको भनाइ छ।
यस्तै, देशभरका किसानहरूको विवरण डिजिटल प्रणालीमा आबद्ध गर्ने अभियानअन्तर्गत हालसम्म २५ लाख ५८ हजार १९८ किसानमध्ये सात लाख ५० हजार किसानको प्रमाणीकरण सम्पन्न गरिएको छ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावित परिवारलाई राहत वितरण गर्नुका साथै अध्ययन तथा व्यवस्थापनको कामसमेत सक्रिय रूपमा अघि बढाइएको सरकारले जनाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ३ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ४ भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम आन्दोलन र सुरक्षा संयन्त्रप्रति प्रश्न
- ५ व्यवसायमैत्री कर नीतिका लागि उद्योग व्यवसायीको जोड
- ६ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन
- ७ विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा जितको खोजी

तपाईको प्रतिक्रिया दिनुहोस