Techie IT
  • The Film Nepal
  • २०८३ असार ४ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिपरराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र डिजिटल सेवामा जोड

    परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र डिजिटल सेवामा जोड


    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्र मन्त्रालयको बजेट वृद्धि गर्दै आर्थिक कूटनीति, सार्वजनिक कूटनीति र प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताएका छन्।

    बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले मन्त्रालय तथा मातहतका निकायका लागि आठ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। उनका अनुसार यो कुल राष्ट्रिय बजेटको ०.४१ प्रतिशत हो र गत आर्थिक वर्षको तुलनामा करिब ११ प्रतिशतले बढी हो।

    मन्त्री खनालले नेपालको परराष्ट्र नीति संविधान, संयुक्त राष्ट्रसंघीय बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त तथा अन्तर्राष्ट्रिय कानुनका आधारमा सञ्चालन भइरहेको उल्लेख गर्दै राष्ट्रिय हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, आर्थिक समृद्धि र नागरिकको हित संरक्षणलाई केन्द्रमा राखेर सन्तुलित तथा स्वतन्त्र कूटनीति अघि बढाइएको बताए।

    उनले नेपालले हाल विश्वका १८३ देशसँग कूटनीतिक सम्बन्ध कायम गरेको र विदेशमा ४४ वटा नेपाली नियोग सञ्चालनमा रहेको जानकारी दिए। तीमध्ये ३१ राजदूतावास, तीन स्थायी नियोग तथा १० महावाणिज्य दूतावास रहेका छन्।

    आगामी वर्ष द्विपक्षीय सम्बन्ध विस्तार, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरण, आर्थिक कूटनीति प्रवर्द्धन, नेपालको ‘सफ्ट पावर’ प्रवर्द्धन तथा सार्वजनिक कूटनीतिलाई प्रभावकारी बनाउने कार्यक्रमहरूलाई प्राथमिकता दिइएको उनले बताए।

    कन्सुलर सेवा र राहदानी प्रणालीलाई थप डिजिटल तथा प्रविधिमैत्री बनाइने जनाउँदै मन्त्री खनालले कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सञ्चार तथा स्वचालन प्रणाली सञ्चालन, विदेशस्थित तीन नेपाली नियोगका भवन निर्माण तथा घुम्ती राहदानी र कन्सुलर सेवा शिविर सञ्चालनका कार्यक्रम पनि बजेटमा समावेश गरिएको जानकारी दिए।

    विदेशमा रहेका नेपालीहरूको पुँजी, सीप र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग गर्ने उद्देश्यले ‘नेपाली डायस्पोरा ग्लोबल नेटवर्क’ स्थापना गर्ने योजना अघि सारिएको छ। साथै, सार्क राष्ट्रका युवा कूटनीतिज्ञहरूका लागि ‘लुम्बिनी फेलोसिप’ कार्यक्रम सञ्चालन तथा भू–रणनीतिक विषयमा अन्तर्राष्ट्रिय संवाद शृङ्खला आयोजना गर्ने तयारी पनि मन्त्रालयले गरेको छ।

    विदेशमा समस्यामा परेका नेपाली श्रमिकहरूको उद्धार, कानुनी सहायता, क्षतिपूर्ति तथा शव स्वदेश ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै मन्त्री खनालले श्रम स्वीकृति नलिई विदेश गएका वा विभिन्न कारणले अलपत्र परेका नेपालीहरूको उद्धारका लागि ‘आपत्कालीन उद्धार तथा सहायता कोष’ स्थापना गर्ने तयारी भइरहेको बताए।

    सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले साइप्रसमा समस्यामा परेका धादिङका उज्ज्वल कुँवरको उद्धार गरी स्वदेश फर्काइएको, जापानमा मृत्यु भएका बझाङका दीपक धामीको शव नेपाल ल्याउन आवश्यक समन्वय भइरहेको तथा कुवेतमा अलपत्र परेकी शर्मिला दर्जीलाई स्वदेश फर्काइएको जानकारी दिए।

    कुवेतमा सयौँ नेपाली जेलमा रहेको भन्ने दाबी तथ्यहीन रहेको स्पष्ट पार्दै मन्त्री खनालले हाल ६३ नेपाली विभिन्न अभियोगमा थुनामा रहेको र तीमध्ये सात जना महिला रहेको बताए।

    घरेलु कामदारका रूपमा खाडी मुलुक जाने नेपाली महिलाको विषयमा उनले कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि भिजिट भिसा वा अन्य अनौपचारिक माध्यमबाट विदेश जाने क्रम नरोकिएको बताए। अनौपचारिक तथ्याङ्कअनुसार कुवेतमा मात्रै करिब ८० हजार नेपाली महिला रहेको उल्लेख गर्दै उनले यस विषयमा नीतिगत पुनर्विचार आवश्यक रहेको संकेत गरे।

    मन्त्री खनालले राष्ट्रिय हितको संरक्षण, नागरिक सुरक्षाको सुनिश्चितता तथा नेपालको अन्तर्राष्ट्रिय छवि प्रवर्द्धनलाई केन्द्रमा राखेर परराष्ट्र मन्त्रालयले आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    Techie IT