राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन उच्चस्तरीय अनुगमन गरिने
काठमाडौं । यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले देशैभर अनुगमन टोली खटाएको छ ।
आयोगले काठमाडौं उपत्यका र अन्य जिल्लामा आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित टोली गठन गरी निर्वाचन प्रक्रियाको अनुगमन गर्ने आयोगले जनाएको छ । यसअघि आयोगले विभिन्न जिल्लामा निर्वाचनपूर्व अनुगमन गरी प्राप्त तथ्यांकका आधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार र अन्य सरोकारवालाहरुलाई आवश्यक सुझाव र ध्यानाकर्षण गराइसकेको छ ।
यसअघि आयोगले विभिन्न जिल्लाहरुमा निर्वाचनपूर्वको अनुगमन गरी प्राप्त तथ्यको अधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरुलाई ध्यानाकर्षण गराइसकेको थियो ।
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै आयोगले यस कार्यमा राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी र आमनागरिकको सहयोग आवश्यक रहेको जनाएको छ । निर्वाचन अवधिमा शान्ति-सुरक्षा कायम राख्दै प्रक्रिया मानव अधिकारमैत्री बनाउन सरकारलाई निर्देशन दिएको छ ।
‘निर्वाचनको अवधिमा स्वास्थ्यसेवा, एम्बुलेन्स, शववाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति, असक्त मतदाताहरुका लागि सवारी साधन तथा हवाई उडान जस्ता अत्यावश्यक सेवाहरुलाई सुचारु रुपले सञ्चालन गर्न गराउन समेत आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ,’ आयोगले भनेको छ ।
आयोगले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित, विश्वसनीय र मानव अधिकारमैत्री हुने विश्वास व्यक्त गरेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सुनचाँदीको मुल्य बढ्यो
- २ सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको चेतावनी
- ३ आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
- ४ आजपाको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा खगेश रंजितकार
- ५ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ६ वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने
- ७ गाउँ फर्किने सपना देखाउने फिल्म ‘पहाड’

तपाईको प्रतिक्रिया दिनुहोस