Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १२ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारआजपा काठमाडौं–६का उम्मेदवार सफलता बोगटीको घरदैलो तिब्र, मोबाइलमा मतदान गर्न अपिल

    आजपा काठमाडौं–६का उम्मेदवार सफलता बोगटीको घरदैलो तिब्र, मोबाइलमा मतदान गर्न अपिल


    काठमाडौं, ७ फागुन । आम जनता पार्टी (आजपा)का नेतृ एवं काठमाडौं–६ का उम्मेदवार सफलता बोगटीले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी छन् ।

    काठमाडौंको लैनचौर, असन, ठमेल, महाबौद्ध, धर्मस्थली, मनमैजु लगायतका ठाउँमा बोगटीले आम मतदाता एवं नागरिकसंग भेटघाट गर्दै जेनजीको माग सम्बोधन गर्नका लागि आफूले उम्मेदवारी दिएको बताइन् ।

    आजपाले देशैभरी अधिकांश उम्मेदवार जेनजी उमेरसमूहका उठाएको छ । सोही मध्येकी बोगटी पनि एक हुन् । बोगटीले आज काठमाडौंको विभिन्न ठाउँमा पुगेर आम मतदातासंग चुनावी गतिविधिका बारेमा छलफल गर्दै यसपटक मोबाइलमा मतदान गर्न अपिल गरेकी छन् ।

    काठमाडौं मुलुकको संघीय राजधानी भएकाले यसलाई सबै नेपालीको राजधानीको रुपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् । प्रत्यक्ष निर्वाचित प्रधामन्त्री र मुख्यमन्त्री, पूर्ण डिजिटल प्रशासन, भ्रष्टाचारीको सम्पती राष्ट्रियकरण गर्ने, एक घर एक रोजगारीको ग्यारेन्टी गर्ने, निशुल्क स्वास्थय र गुणस्तरीय शिक्षा, किसानलाई मासिक पेन्सन र सिँचाईको व्यवस्था, गरिब र दलितलाई पक्की आवास, कर घटाऔँ र घुस हटाऔँ (मौलापुर मोडेल), सांसदलाई फिर्ता बोलाउने अधिकार (राइट टु रिकल), जेनजीको सम्मान र समृद्ध नेपाल निर्माण गर्नु नै आफ्नो उम्मेदवारीको एजेण्डा रहेको उनले बताइन् ।

    यसैगरी बोगटीले प्रत्येक दिन सांसदसंग स्थानीयको छलफल कार्यक्रम चलाउने, भेटघाट गर्ने र स्थानीयसंग मिलेर काम गर्ने प्रतिबद्धता मतदाताकाबीचमा गरेकी छन् ।

    ‘धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै पौराणिक र प्ररम्परागत कार्यहरुको निरन्तरता र प्रवद्र्धन गर्ने । घरेलु उत्पादनलाई कानुनी मान्यता र प्रभावकारी प्रोत्साहन सहित कर प्रणालीमा सुधार गर्दै करको दर न्यूनीकरण, कर र घुसको अन्त्य गर्दै स्वदेशी उत्पादनमा विशेष जोड गर्ने । निशुल्क शिक्षा र स्वास्थय सुनिश्चित गर्नकै लागि मैले उम्मेदवारी दिएको हो,’ काठमाडौं–६ की उम्मेदवार बोगटीले भनिन् ।

    पानी, बिजुली, शिक्षा र स्वास्थय निशुल्क गर्दै शुन्य कर तथा भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्दै रौतहटको मौलापुरमा भएको विभिन्न सेवा सुविधाहरु काठमाडौंबासीलाई उपलब्ध गराउने उदेश्य आफ्नो रहेको बोगटीले बताएकी छन् । काठमाडौंको समग्र विकासका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय स्थलहरुको विकासका लागि काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन ।

    यसैगरी पार्टीको घोषणापत्र अनुसार ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने, नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना पुरा गर्ने उनले जनाएका छन् । हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको ग्यारेन्टी आजपाले गरेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

    काठमाडौं| राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले

    दक्षिणपूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, थप ५३ जनालाई ल्याउने तयारी

    काठमाडौं  | परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ। मन्त्रालयका

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने

    काठमाडौं ।  काठमाडौं महानगरपालिका ले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५

    आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

    काठमाडौँ । आज नेपालभर लोकतन्त्र दिवस (वैशाख ११) विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यो दिन नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक

    शेखर गोल्छा पक्राउ

    काठमाडौं : प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । उनलाई काठमाडौं नारायण चौरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले

    सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको…

    काठमाडौं, १० वैशाख । सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी तयारीले सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएकाहरु त्रसित भएका छन् । सुकुम्बासीको

    Techie IT