भारतद्धारा ६१ रनले पाकिस्तान पराजित भएसँगै सुपर ८ मा स्थान पक्का
काठमाडौं । पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ मा भारतसँग ६१ रनले पराजित भएको छ ।आइतबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा भारतले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानलाई सस्तैमा रोक्न भारतका जसप्रीत बुमराह, वरुन चक्रवर्ति र अक्षर पटेलले समान दुई विकेट लिए । हार्दिक पण्ड्या, कुल्दीप यादव र तिलक वर्माले समान एक विकेट लिए । पाकिस्तानका निम्ति पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका उसमान खानले सर्वाधिक ४४ रन बनाए । ३४ बल खेलेका खानले ६ चौका र एक छक्का प्रहार गरे । अविजीत रहेका शाहिन साह अफ्रिदीले २३ रन बनाए । सदाव खानले १४ र फहिम असरफले १० रन जोडे ।
शीर्षक्रम धरमराउँदा ओपनर सैम अयुव ६ रनमा आउट भए । बाबर आजम पाँच रन बनाएर पभेलियन फर्किए । कप्तान सलमान अली आघा र मोहम्मद नवाजले समान चार रन मात्र जोडे । अर्का ओपनर साहिबजादा फरहान शून्यमा आउट भए ।
त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो । भारतका ओपनर इशान किशनले सर्वाधिक ७७ रन बनाए । इशानले ४० बलमा १० चौका र तीन छक्का प्रहार गरे ।
कप्तान सुर्यकुमार यादवले ३२ रन जोडे । २९ बल खेलेका कप्तान यादवले तीन चौका प्रहार गरे । शिभम दुवेले २७ रन बनाए । तिलका वर्माले २५ रन जोडे भने रिंकु सिंहले ११ रन बनाए । ओपनर अभिषेक शर्मा शून्यमा आउट हुँदा पाँचौ नम्बरमा ब्याटिङमा आएका अलराउण्डर हार्दिक पण्ड्या ‘गोल्डेन डक’ आउट भए । पाकिस्तानका सैम आयुवले तीन विकेट लिए । आयुवले चार ओभर बलिङ गर्दा २५ रन खर्चिए ।
कप्तान सलमान अली आघा, शाहिन साह अफ्रिदी, र उसमान तारिकले समान एक विकेट लिए । यो जितसँगै घरेलु टोली भारतले लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ बाट विश्वकपको सुपर–८ प्रवेश गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सुनचाँदीको मुल्य बढ्यो
- २ सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको चेतावनी
- ३ आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
- ४ आजपाको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा खगेश रंजितकार
- ५ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ६ वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने
- ७ गाउँ फर्किने सपना देखाउने फिल्म ‘पहाड’

तपाईको प्रतिक्रिया दिनुहोस